मकवानपुरमा जारी निषेधाज्ञा थपियो « Khabarhub

मकवानपुरमा जारी निषेधाज्ञा थपियो


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मकवानपुरमा जारी निषेधाज्ञा भदौ ९ गतेसम्मका लागि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज एक सूचना जारी गर्दै निषेधाज्ञा थप गर्ने निर्णय गरिएको जानकारी गराएको हो ।

प्रशासनने हेटौँडा उपमहानगरपालिका भर र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रमा जारी निषेधाज्ञाको अवधिलाई थप गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा हस्ताक्षरित सूचनामा जिल्लाको कोभिड सङ्कट व्यवस्थापन समितिको सिफारिसमा निषेधाज्ञाको अवधि थप गरिएको उल्लेख छ ।

जारी निषेधाज्ञालाई थप कडाइ गरिने जनाइएको छ । मकवानपुरमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ जसो बढ्न थालेपछि प्रशासनले अत्यावश्यक सेवाबाहेक सम्पूर्ण क्रियाकलाप निषेध गर्ने गरी सूचना जारी गरेको हो ।

सूचनाअनुसार हेटौँडाका खाद्यान्न, तरकारी, फलफूल लगायतका पसल बिहान ५ः०० बजेदेखि ८ः०० बजेसम्म खोल्न पाइने छ । औषधि पसल विगत जसरी नै सञ्चालन गर्न पाइने सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : १३ बजे

सडक सुरक्षाप्रति लापरबाहीले दुर्घटना बढ्दो

सिरहा – सडक सुरक्षाप्रति पर्याप्त ध्यान नदिँदा सिरहामा सवारीसाधन दुर्घटना

विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प छैन : प्रचण्ड

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान

दोलखामा १३ सय ५० जना निर्वाचन प्रहरी माग, ९ सय मात्रैले दिए आवेदन

दोलखा- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि निर्वाचन

रविमाथिको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध राष्ट्रिय युवा संघको प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध