नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छः राष्ट्रपति भण्डारी « Khabarhub

नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्त्व दिएको छः राष्ट्रपति भण्डारी


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि जनगणतन्त्र बङ्‌गलादेशका राजदूत मास्फी बिन्ते शाम्सले राष्ट्रपतिभवन, शीतल निवासमा आज शिष्टाचार बिदाइ भेट गरेका छन् ।

सो अवसरमा राष्ट्रपतिले उनलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिँदै भविष्यमा नेपाल र बङ्‌गलादेशबीचको सम्बन्ध अझ सुदृढ हुने विश्वास व्यक्त गरिन् ।

राष्ट्रपति भण्डारीले नेपाल र बङ्गलादेशलाई प्रकृतिले दिएको स्रोतसाधनलाई दुवै मुलुकको विकास र समृद्धिका लागि सदुपयोग गर्न सहकार्य गर्नुपर्ने बताउँदै एक छिमेकी मित्रराष्ट्रका रूपमा नेपालले बङ्‌लादेशसँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिएको बताइन् ।

यही वर्ष बङ्गलादेशका राष्ट्रपिता बङ्गबन्धुको सयौंँ वार्षिकोत्सव भएकाले सम्पूर्ण बङ्‌गलादेशी जनतालाई उनले बधाई तथा शुभकामना पनि दिएकी छिन् ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ६ : ३८ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल