कोरोना संक्रमित बढेपछि बारामा सोमबारदेखि निषेधाज्ञा « Khabarhub

कोरोना संक्रमित बढेपछि बारामा सोमबारदेखि निषेधाज्ञा


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाराले जिल्लाभर अनिश्चितकालीन निषेधाज्ञा जारी गरको छ।

पर्सा र बारामा कोरोना भाइरसको संक्रमण बढ्दै गएकाले निषेधाज्ञा जारी गरेको प्रशासन कार्यालयले विज्ञप्तिमार्फत जनाएको हो ।

सोमबार बिहान ५ बजेदेखि अर्को सूचना जारी नभएसम्मको लागि निषेधाज्ञा जारी गरेको प्रशासनले जनाएको छ।

अत्यावश्यक कामका बाहेक काम बाहेक घर तथा कम्पाउन्ड बाहिर निस्कन प्रशासनले रोक लगाएको छ।

पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्गमा पर्ने सबै स्थानीय तहहरुमा निषेधाज्ञा जारी गरिएको छ।

कलैया बजार क्षेत्र, पथलैया वीरगंज औधोगिक कोरिडोरमा पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ़, कोल्हवी, सिम्रोनगढ, वरियापुर, पचरौता, देवताल, करैयामाई लगायत अत्यधिक भिडभाड हुने क्षेत्रमा घरबाहिर हिंडडुल गर्न रोकिएको छ।

हाटबजार लाग्ने क्षेत्रहरु पनि प्रतिबन्ध लगाइएको छ। मेला, पर्व, जात्रा, महोत्सव, जुलुस, भेला लगायतका कार्यक्रम रोकिएको छ।

भारतसँग जोडिएका सिमा नाका भाद्र मसान्तसम्म आवातजावत पूर्ण रुपमा रोकिएको प्रशासनले जनाएको छ।

अत्यावश्यक सेवा विद्युत, खानेपानी, खाद्यान्न, दूध, ग्याँस, औषधी, एम्बुलेन्सलाई भने सञ्चालनमा रोक लगाइएको छैन।

 

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ०४ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण