बैतडीमा छोरी जन्माउने २१३ आमालाई भत्ता « Khabarhub

बैतडीमा छोरी जन्माउने २१३ आमालाई भत्ता


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- दोगडाकेदार गाउँपालिकाले गत आर्थिक वर्षमा छोरी जन्माउने २१३ आमालाई प्रोत्साहन भत्ता वितरण गरेको जनाएको छ ।

स्वास्थ्य संस्थामै छोरी जन्माएका ती आमाले रु एक हजारका दरले प्रोत्साहन भत्ता पाएका गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र नाथले जानकारी दिए ।

उनले भन्नुभयो, “स्वास्थ्य संस्थामै छोरी जन्माएका आमा र शिशुको पोषण अवस्था सुधारका लागि उक्त रकम दिने गरेका हौँ ।”

छोरी पनि छोरा समान हुन् भन्ने सन्देश दिन र समाजमा छोराछोरी बीचको समानता कायम गर्न छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन थालिएको गाउँपालिकाका उपाध्यक्ष पार्वती कार्कीले बताइन् ।

उनले भनिन, “छोरीले पनि छोरा सरह नै काम गर्न सक्छन् भन्ने बुझाउन र समाजले उनीहरुलाई समान दृष्टिकोणले हेर्ने चेतनाको विकासका लागि प्रोत्साहन भत्ताको व्यवस्था गरिएको हो ।”

नेपाल सरकारले संस्थागत सुत्केरी भए यातायताबापत दिने रु दुई हजार र चार पटक गर्भ जाँच गराएबापत पाउने रु ८०० दिँदै आएकामा गाउँपालिकाले स्वास्थ्य संस्थामा छोरी जन्माउने आमालाई थप रु एक हजार प्रोत्साहन भत्ता दिएको हो ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ७ : ३६ बजे

‘खुला पाठशाला’ : पिपलको फेदमा बोरा ओछ्याएर चन्द्र सरको निःशुल्क ट्युसन कक्षा

धरान- इटहरीस्थित टेङ्ग्रा खोलाको किनार छेवैको एउटा गल्ली । पिपलको

सञ्चारमन्त्रीको निर्देशनपछि सार्वजनिक बिदाको दिन पनि हुलाकबाट सेवा लिन सकिने

काठमाडौँ – सार्वजनिक बिदाको दिन पनि हुलाक कार्यालयमार्फत विदेशमा सामान

डलरको मूल्य घट्यो : आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण

आज २०८२ साल चैत २० गते  शुक्रबारको राशिफल 

काठमाडौँ– आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण