कोरोनाको उपचारमा प्रभावकारी देखिएको 'रेम्डेसिभिर' नेपालमा आयातका लागि अनुमति | Khabarhub Khabarhub

कोरोनाको उपचारमा प्रभावकारी देखिएको ‘रेम्डेसिभिर’ नेपालमा आयातका लागि अनुमति


३२ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले कोरोना संक्रमित बिरामीको उपचारमा प्रभावकारी मानिएको रेम्डेसिभिर औषधि आयातको लागि अनुमति दिएको छ ।

औषधि व्यवस्था विभागले भारतका सिप्ला, माइलन र हिटेरो गरी तीन वटा कम्पनीबाट उत्पादन भएको रेम्डेसिभिर औषधि आयातको अनुमति दिएको हो ।

औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को प्रोटोकल अनुसार प्रयोग र अनुसन्धान गर्न उक्त औषधि आयातका लागि अनुमित दिएको बताए ।

ढकालका अनुसार यो औषधि कोरोना संक्रमण भएर स्वास्थ्य अवस्था गम्भिर भएका बिरामी अर्थात आइसीयुमा कृतिम अक्सिजनको सहायता आवश्यक पर्ने बिरामीका लागि प्रयोग गरिने छ ।

उक्त औषधि सरकारले तोकेको कोभिड अस्पतालमा उपचारत बिरामीमा प्रयोग गरिने ढकालले बताए । उक्त औषधि प्रयोग गर्ने संक्रमित, औषधिको प्रभावकारिता र व्यवस्थापन तथा यसको असरबारे स्वास्थ्य अनुसन्धान परिषद्ले अनुसन्धान समेत गर्ने ढकालको भनाइ छ ।

‘भारतका तीनवटा कम्पनीमा उत्पादित रेम्डेसिभिर औषधि आयातको अनुमति दिएका छौं,यो औषधि स्वास्थ्य मन्त्रालयले तोकेको कोभिड अस्पतालमा रहेका बिरामीमा मात्र प्रयोग हुन्छ,’ ढकालले खबरहबसँग भने, ‘यो औषधि क्लिनिकल अनुसन्धान अन्तर्गत रहेर बिरामीलाई पनि उपचार गर्ने, यसको प्रयोग र असर बारे अनुसन्धान पनि गर्ने दुवै गर्ने हो ।’

उनले उक्त औषधि कोरोना निको नै पार्ने औषधि भनेर भने पुष्टि भएको छैन । यो औषधि अझै अनुसन्धानकै क्रममा रहेको छ । तर यो औषधिलाई कोरोनाका बिारामीमा प्रयोग गर्दा यसको प्रभावकारीता भने राम्रो भएको ढकालले बताए ।

उक्त औषधिको विभागले मुल्य आफै भने तोकेको छैन । विभागले औषधि ल्याउने कम्पनीले निर्धारण गरेको न्युनतम मूल्यमै ल्याउन लागिएको पनि बताए ।

कृत्रिम अक्सिजन आवश्यक पर्ने संक्रमितलाई ६ भायल लिनुपर्ने ढकालले बताए । यो औषधि बिरामीमा ६ दिनसम्म प्रयोग गर्नुपर्ने ढकालको भनाइ छ ।

ढकालका अनुसार यो औषधि एक भायलको ६ देखि ७ हजार नेपाली रुपैयाँ पर्नेछ ।

यो औषधि एक प्रकारको एन्टिभाइरल भएको ढकालको भनाइ छ । यो औषधिले कोभिडको भाइरसलाई पूर्ण रुपमा नष्ट नगरेपनि केही प्रभाव भने देखिएको ढकालले बताए । यो औषधिले गम्भिर अवस्थामा पुगेका संक्रमितको स्वास्थ्यमा सुधार हुने उनले बताए ।

‘यो औषधिले कोरोना भाइरस पूर्ण रुपमा नष्ट नगर्ने भएपनि यो औषधिको प्रयोगले सकारात्मक असर पुर्‍याएको छ भनेर अमेरिका, जापान, भारत, पाकिस्तान लगायतका मुलुकहरुमा आपलकालिन उपचारको लागि प्रयोग गरिएको छ,’ ढकालले भने, ‘त्यसैले हामीले नेपालमा पनि बिरामीमा यो औषधि प्रयोग गर्ने र अनुसन्धान पनि गर्ने निर्णय गरेका छौं ।’

ढकालले उक्त औषधि आयातका लागि विभागले अनुमति दिइसकेकोले अब चाँडै आयात हुने बताए ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  ९ : ५४ बजे

महाजात्राले कमायो २६ करोड ६५ लाख

काठमाडौं– ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको

नेपाललाई तेस्रो सफलता, गुलशनले लिए दोस्रो विकेट

काठमाडौं– नेपालले तेस्रो विकेट लिएको छ । एसीसी प्रिमियर कपको

कोशीमा मुख्यमन्त्री केदारकै नेतृत्वमा सर्वदलीय सरकार बनाउन कांग्रेसको माग 

काठमाडौं– नेपाली कांग्रेसका सांसद विनोद राईले कोशी प्रदेशका मुख्यमन्त्री केदार

सांसद खानले लिइन् प्रतिनिधि सभा सदस्यको शपथ

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) की समानुपातिक सांसद हसिना खानले

महानगरको निजी विद्यालयलाई निर्देशन : एकपटक भर्ना भएका विद्यार्थी अर्को कक्षामा जाँदा शुल्क नलिनु

काठमाडौं– काठमाडौं महानगरपालिकाले निजी विद्यालयहरूले विद्यार्थी भर्ना गराउँदा कानूनबमोजिम बाहेक