कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने, छुटेकालाई टिकट काट्न आग्रह « Khabarhub

कतारबाट हिमालय एयरलाइन्सले थप तीन उडान गर्ने, छुटेकालाई टिकट काट्न आग्रह



दोहा – कोभिड-१९ बाट सिर्जित असहज परिस्थितिमा तत्काल नेपाल फर्कनैपर्ने अवस्थाका नेपालीहरुका लागि कतारबाट हिमालय एयरलाइन्सका थप तीन उडान गर्ने तय भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार अगष्ट १७, २३ र २९ तारिखको लागि तय भएको जनाएको छ ।

अत: १७ अगष्टको उडानका लागि दूतावासले यस अघि प्रकाशित गरेको प्राथमिकता सूचिमा नाम भएका तर विभिन्न कारणले टिकट काट्न छुटेका व्यक्तिहरुले टिकटका लागि सोही एयरलाइन्सको ट्राभल एजेन्सीमा सम्पर्क गर्न अनुरोध छ ।

यस्तै, अगष्ट २३ र २९ तारिखमा हुने उडानका लागि नयाँ प्राथमिकता सूचि शीघ्र प्रकाशित गरिने समेत दूतावासले जनाएको छ । विमानस्थलमा ज्वरो मापन गरिने साथै “Ehteraz मोबाइल एप” मा हरियो रंग भएका व्यक्तिले मात्र विमानस्थलमा प्रवेश गर्न पाउने हुनाले अनिवार्य रुपमा उक्त एप प्रयोग गर्न दूतावासले अनुरोध छ ।

यसैबीच सुत्केरी तथा गर्भवती महिला र कोभिड बाहेक अन्य कारणले गम्भीर स्वास्थ्य समस्या भएकाहरुलाई फिट टु फ्लाईको सर्टिफिकेट लिन आग्रह गरेको छ ।

दूतावासले यसअघि कतिपय त्यस्ता व्यक्तिहरु सर्टिफिकेट नभएका कारण उडान गर्न असमर्थ भएको भन्दै यस्तो अवस्थाका यात्रुहरुले आफूलाई स्वास्थ्य परीक्षण गर्ने चिकित्सक वा स्वास्थ्य संस्थाबाट त्यस्तो सर्टिफिकेट अनिवार्य रुपमा लिएर मात्र विमानस्थल जान अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ३० बजे

चारजना उद्योगी व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले अहिले चारजना उद्यमी तथा व्यवसायीहरूसँग छलफल

प्रधानमन्त्री राहत कोषमा सिबिफिन सचिव पौडेलद्वारा २५ लाख सहयोग

काठमाडौं– बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का सचिव थानेश्वर

एमाले पुनर्गठन कार्यदलको बैठकमा पुग्दै नेताहरू (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ‘निर्वाचन समीक्षा र पार्टी पुनर्गठन कार्यदल’को बैठक

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता