यूएईमा अलपत्र नेपालीको पुनः सोमबारबाट उद्धार गरिने, १५ उडान तय « Khabarhub

यूएईमा अलपत्र नेपालीको पुनः सोमबारबाट उद्धार गरिने, १५ उडान तय



दोहा – कोरोनाको महामारी लगायत विभिन्न कारणले अप्ठ्यारोमा परेका नेपालीहरूको सोमबारबाट पुनः उद्धार गरिने भएको छ ।

संयुक्त अरव ईमिरेट्स (यूएई)मा रहेका नेपालीहरुको उद्धारका लागि १५ उडान तय भएको छन् । अगष्ट १७ देखि अगष्ट ३१ सम्मको लागि उडान तालिका सार्वजनिक गरिएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार यसअघि सार्वजनिक गरिएको स्वदेश फर्कनैपर्ने सूचीमा नाम भएका व्यक्तिहरुले आफूलाई पायक पर्ने ठाउँमा टिकट लिन समेत अनुरोध गरेको छ ।

नेपाल एअरलाइन्सको दुबईबाट अगष्ट १७, २१, २५, २७,२९, ३१ तारिखमा उडान गर्ने तय भएको छ । हिमालय एयरलाइन्सले अबुधाबीबाट अगष्ट २५, २७, २९, ३१ तारिखमा उडान गर्ने दूतावासले जनाएको छ ।

यसैगरी, एयर अरेबियाको शारजहाँबाट अगष्ट २५ र ३१ तारिखमा उडान गर्ने छ भने फ्लाई दुबईले दुबईबाट अगष्ट १७ र २० तारिखमा उडान गर्नेछ । यस्तै इतिहाद एयरलाइन्सले अगष्ट २७ तारिखमा उडान दूतावासले जनाएको छ ।

यूएईबाट स्वदेश फर्किन ४२ हजार नेपालीले आफ्नो नाम दर्ता गराए पनि अहिलेसम्म विभिन्न ८२ वाट चार्टड उडानमार्फत १३ हजार ७८५ जना मात्र स्वदेश फर्किएको दूतावासले जनाएको छ ।

यस्तो छ दूतावासले जारी गरेको सूचना

प्रकाशित मिति : ३२ श्रावण २०७७, आइतबार  १० : ५८ बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण