पति मरेपछि रावण र दुर्योधनका पत्नीले के के गरे ? « Khabarhub

पति मरेपछि रावण र दुर्योधनका पत्नीले के के गरे ?


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हिन्दूहरूको पवित्र ग्रन्थ रामायण र महाभारतमा धर्म र मुक्तिको कुरा मात्र नभई तत्कालीन सामाजिक व्यवस्थाको जानकारी पनि पाइन्छ ।

यी ग्रन्थमा नायिकाहरूलाई पतिव्रता देखाइएको छ भने खलनायकका पत्नीहरूको बारेमा अनौठो कुरा लेखिएको छ । विशेषगरी रावण र दुर्योधनका पत्नीले पतिको मृत्युपछि गरेको कामका बारेमा थाहा पाएर तपाईं तीनछक्क पर्नुहुनेछ ।

रावणकी पत्नी मन्दोदरीलाई आफ्नो पतिले सीतालाई अपहरण गरेर ल्याएको थाहा भएपछि निकै दुःख लाग्यो । उनले रावणलाई सम्झाइबुझाइ गरेर सीतालाई रामसमक्ष सुम्पिन विनती गरिन् । तर रावणले मन्दोदरीको कुरै सुनेनन् र रामसँग युद्ध गर्न तयार भए । रावणका भाइ विभीषण रामको शरणमा गए । त्यसैले रावणको कुलमा उनी मात्र बाँचे ।

युद्धको अन्तिम चरणमा रावण मृत्युशय्यामा पल्टेका थिए । त्यतिखेर उनले मन्दोदरीलाई म मरेपछि तिम्रो दुर्दशा नहोस्, भाइ विभीषणसँग विवाह गर भने । पतिव्रता भएका कारण मन्दोदरीले रावणको आज्ञा मानिन् र देवरसँग विवाह गर्न तयार भइन् । यसरी रावणको मृत्युपछि मन्दोदरी लंकाकी महारानी भइरहिन् ।

रामायणमा पतिको मृत्युपछि देवरसँग बिहेको गरेको अर्को घटना पनि छ । विभीषण र मन्दोदरीभन्दा अघि बालीकी पत्नी ताराले पनि यसै गरेकी थिइन् । रामले बालीको वध गरेपछि बालीले पनि ताराको सुरक्षाका लागि उनलाई भाइ सुग्रीवलाई सुम्पेका थिए । मृत्युशय्यामा पल्टेका बालीले पत्नीको हात सुग्रीवको हातमा राखे ।

राजा चन्द्रवर्माकी छोरी भानुमती स्वर्गका अप्सराहरूभन्दा पनि सुन्दरी थिइन् । राजाले आफ्नी छोरीका लागि सुयोग्य वर प्राप्त गर्न स्वयंवर राखे । त्यहाँ दुर्योधन र कर्ण पनि आएका थिए । भानुमतीलाई देखेर दुर्योधनले उनैसँग विवाह गर्ने ठाने ।

स्वयंवरमा वरमाला लिएर गएकी भानुमतीले दुर्योधनलाई वास्ता गरिनन् । दुर्योधन रिसाए र जबर्जस्ती वरमाला आफ्नो गलामा हाले । त्यहाँ पुगेका अन्य राजाले यसको विरोध गर्दा उनले सबैलाई युद्धको चेतावनी दिए ।

चुनौती स्वीकार गर्ने राजालाई दुर्योधनले कर्णसँग भिडाए । कर्णले सबैलाई हराइदिए । दुर्योधनले यसरी जबर्जस्ती भानुमतीसँग विवाह गरे । तर भानुमती कर्णको वीरताबाट प्रभावित भएर उनलाई मनमनै चाहन्थिन् ।

महाभारतको युद्धमा कर्ण र दुर्योधन दुवै मरे । अर्नुनका पुत्र अभिमन्युले भानुमतीका छोरा लक्ष्मणको वध गरे । तर महाभारत युद्ध समाप्त भएपछि भानुमती पाण्डवहरूसँग रिसाइनन् र अर्जुनसँग विवाह गर्न स्वीकार गरिन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ५ : ०० बजे

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित

पोखरामा पाँच वर्षपछि खुला प्याराग्लाइडिङ च्याम्पियनसिप हुँदै

कास्की – देशको पर्यटकीय राजधानी पोखरामा यही चैत ५ देखि