रातो मच्छिन्द्रनाथको रथ भत्काउन थालियो « Khabarhub

रातो मच्छिन्द्रनाथको रथ भत्काउन थालियो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एक हप्ता लाग्ने ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ भत्काउने काम भइरहेको छ ।

सोमबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई बुंगमती लगिएपछि रथ भत्काउने काम सुरु भएको रथ निर्माणमा संलग्न दिलकुमार बाराहीले जानकारी दिए।

विगतका वर्षहरुमा जावलाखेलमा भोटो देखाएर खटमा राखेर मूर्तिलाई बुङ्गमति लगेपछि जावलाखेलमा रथ भत्काउने चलन थियो । तर यसपाली कोरोना सङ्क्रमणको जोखिमकका कारण रथजात्रा छोट्टयाएसँगै पुल्चोकमा रथ भत्काउने काम भएको हो ।

रथ निमार्णको लागि तिथीको आधार लिएर बनाउनुपर्ने समयसीमा भए पनि रथ भत्काउन त्यस्तो समयसीमा नभएको बाराहीले बताए । बाराही समुदायले रथमा राखिएको सुनको फूल र नाग निकालेपछि मात्र रथको विभिन्न भागबाट काठ निकाल्ने काम हुन्छ । रथ पूरै भत्काउन अझै एक हप्ता लाग्ने पनि बाराहीले जानकारी दिए ।

यसरी रथ भत्काएर आएको धमा भनिने लामो काठ पुल्चोकमा रहेको धमापाटीमा राखिन्छ । त्यस्तै चार वटा ठूला पाङग्रा जावलाखेलमा रहेको पाटीमा राखिन्छ । जुन अर्को वर्ष रथ बनाउन प्रयोग गरिन्छ । त्यस्तै रथ बनाउन प्रयोग गरिएका विभिन्न काठ, बेत र डोरी केही गुठी संस्थानले राख्छ भने केही रथको काठ निकाल्न खट्नेहरुका लागि ज्याला बापत दिइन्छ ।

युवा समुदाय र बुङ्गमतीका स्थानीयहरुले रथबाट काठ छुट्टयाउने कामको आधा आधा जिम्मेवारी लिएका हुन्छन् । मीननाथको रथ भत्काउने काम पाटनको तंगलमा हुनेछ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ८ : ४२ बजे

भारतमा कार दुर्घटना हुँदा ९ जनाको मृत्यु

नयाँदिल्ली– पश्चिमी भारतको महाराष्ट्र राज्यमा एक कार सडकबाट नियन्त्रण बाहिर

तीन तला माथिबाट खस्दा पाँच वर्षीया बालिकाको मृत्यु

बिर्तामोड– झापामा घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु

अष्ट्रेलियाकी विदेशमन्त्रीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई

 काठमाडौं– अष्ट्रेलियाले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार सम्हालेकोमा बधाई दिएको

रवि–ज्ञानेन्द्रबीच भेट, उपसभामुखमा सहकार्यको संकेत

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) का सभापति रवि लामिछाने र

लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रका कर्मचारी जोखिममा

एजेन्सी– लेबनानको दक्षिणी क्षेत्रमा शुक्रबार भएको विस्फोटमा इन्डोनेसियाका तीन कर्मचारी