अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् ।

केही दिनदेखि अमेरिकामा कोरोना संक्रमित र मृत्युदर पनि घट्दै गएकोमा पछिल्लो २४ घण्टामा १,१७४ जनाको निधन भएको छ। सोमबार ४८०, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : २९ बजे

विशेष महाधिवेशनमा धमाधम भोजन ! (तस्बिरहरु)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशन राजधानीको भृकुटीमण्डपमा जारी छ ।

सभामुख घिमिरेद्वारा झापा–२ मा पाँच अर्ब रुपैयाँको बजेट भित्र्याएको दाबी

बिर्तामोड– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आफ्नो तीन वर्षे कार्यकालमा झापा

तत्काल नेतृत्व नफेर्ने संस्थापनको अडान कायमै

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनमा तत्काल नेतृत्व नफेर्ने अडानमा संस्थापन

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको