अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो « Khabarhub

अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या मात्र दुई लाख नाघेको छ । बुधबार बिहानसम्म दुई लाख १९७ जनाको संक्रमणबाट निधन भएको छ ।

कोरोना संक्रमितको संख्या ६७ लाख ८७ हजार ६१९ पुगेको छ । संक्रमितमध्ये ४० लाख ६१ हजार ८७३ भन्दा बढी सफल उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ११ सय ७४ जनाको कोरोनाको संक्रमणबाट निधन भइसकेको छ भने ३६ हजार ४४७ कोरोना संक्रमित थपिएका छन् ।

केही दिनदेखि अमेरिकामा कोरोना संक्रमित र मृत्युदर पनि घट्दै गएकोमा पछिल्लो २४ घण्टामा १,१७४ जनाको निधन भएको छ। सोमबार ४८०, आइतबार ३९२ र शनिबार ७०७ जनाको मृत्यु भएको थियो ।

विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ९७ लाख १४ हजार ४९१ पुगेको छ । कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ३८ हजार ३८५ भन्दा बढी पुगिसकेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : २९ बजे

चैत ३० देखि वैशाख ७ गतेसम्म ‘शून्य बाँकी फाइल अभियान’ मनाइँदै

काठमाडौँ– सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि

हलेसी तुवाचुङले पायो ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’

खोटाङ– खोटाङको हलेसी तुवाचुङ नगरपालिका ‘म्युनिसिपल एक्सिलेन्ट अवार्ड’बाट सम्मानित भएको

खनिजजन्य उद्योगबाट उठ्यो दुई अर्ब १४ करोड राजस्व

काठमाडौँ– खनिजजन्य उद्योगबाट दुई अर्ब १४ करोड राजस्व असुली भएको

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१