तपाईंका पैतालामा यस्ता आकार त छैनन्, हुनुहुनेछ भाग्यशाली ! | Khabarhub Khabarhub

तपाईंका पैतालामा यस्ता आकार त छैनन्, हुनुहुनेछ भाग्यशाली !


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विज्ञानको विकाससँगै हामीले शास्त्रमा भनिएका कुरालाई कम विश्वास गर्न थालेका छौं । हिन्दू परम्परामा भने अझै पनि शास्त्रलाई विश्वास गर्ने गरिन्छ ।

समुद्र शास्त्रका अनुसार हाम्रा शरीरमा भएका विभिन्न रेखा र बनोट हेरेर मान्छेको भाग्य र स्वभावबारे जान्न सकिन्छ ।

शास्त्रका अनुसार यदि पैतालामा हुने चिह्नले पनि मानिसको भाग्यका बारेमा थाहा पाउन सकिन्छ ।

यदि खुट्टाका् कान्छी औंलाको फेदबाट माथितिर रेखा गएको छ भने त्यस्ता व्यक्ति भोगी र विलाशी हुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्ति समाजमा पनि प्रतिष्ठित हुने, धन कमाउने र भाग्यमानी हुने बताइन्छ ।

यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त आकार छ भने त्यस्ता व्यक्तिहरु धनी हुने बताइन्छ । यस्ता व्यक्तिलाई धन कमाउन खासै मेहनत गर्न नपर्ने समुद्र शास्त्रमा उल्लेख छ ।

यदि तपाईंको पैतालामा त्रिशुलको आकार छ भने तपाईं निकै भाग्यशाली हुनुहुन्छ । यस्ता व्यक्तिले सरकारी जागीर खाने या उच्च पद प्राप्त गर्ने सम्भावना पन उत्तिकै हुन्छ ।

त्यति मात्र होइन, यदि कसैको पैतालाको बुढी औंलाको फेदमा स्वस्तिक चिह्न छ भने ऊ महामानव हुन्छ । यस्ता भाग्यमानीलाई विश्वले चिन्नेछ ।

पैतालामा टी (अङ्ग्रेजी अक्षरको) जस्तो आकृति हुनेहरु पनि भाग्यशाली हुने शास्त्रमा उल्लेख छ । यस्ता व्यक्तिले व्यापारमा निकै सफलता पाउँछन् ।

त्यस्तै गरी जसको पैतालाको मध्य भाग्यमा अधचन्द्राकार रेखा हुन्छ, त्यस्ता व्यक्ति धनी हुन्छन् । तर, धनको खासै महत्त्व राख्दैनन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १२ : ५९ बजे

छठ पर्वका लागि सजावट गरिएको पोखरी, ताल र नदी किनारमा गरियो सफाइ

काठमाडौं– सूर्य उपासना, स्नान, व्रत र भजनसङ्गीतसँग जोडिएको पर्व छठ

माधवकुमार नेपालका सुरक्षाकर्मी फिर्ता

काठमाडौं- सरकारले पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार

नीतिगत भ्रष्टाचारकै कारण विकास अवरुद्ध : मन्त्री गुप्ता

सिरहा– युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले देशमा मौलाएको नीतिगत भ्रष्टाचारकै

प्रधानमन्त्री कार्कीबाट सकारात्मक जवाफ पायौँ : सदिक्षा राई

काठमाडौं– जेन–जी युनाइटेडका युवाहरूले प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गरेका छन्