भारतमा सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशत निको « Khabarhub

भारतमा सङ्क्रमितको संख्या ४९ लाख नाघ्यो, ७८ प्रतिशत निको


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – भारतमा कोरानोभाइरसबाट सङ्क्रमितहरुको सङ्ख्या झण्डै ४९ लाख नाघेको छ ।सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८०९ जना थप सङ्क्रमित भएका छन् ।

सोही अवधिमा एक हजार ५४ जना सङ्क्रमितको मृत्यु पनि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।देशभरी अहिलेसम्म कुल सङ्क्रमितको संङ्ख्या ४९ लाख ३० हजार २३७ पुगेको छ भने कोरोनाकै कारण कुल मृतकको सङ्ख्या ८० हजार ७७६ पुगेको छ ।

भारतमा कुल सङ्क्रमित मध्ये नौ लाख ९० हजार ६१ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु ३८ लाख ५९ हजार ४०० जना सङ्क्रमणमुक्त भइसकेका छन् । मन्त्रालयका अनुसार सङ्क्रमुक्त भएकाहरुको अनुपात ७८.२८ प्रतिशत रहेको छ । यो एकदमै सकारात्मक अवस्था रहेको सरकारी अधिकारीहरुको भनाई छ ।

उनीहरुका अनुसार अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरु मध्ये झण्डै आधा अर्थात ४८.८ प्रतिशत सङ्क्रमितहरु महाराष्ट्र, कर्नाटक र आन्द्र प्रदेशमा मात्रै रहेका छन् । भारतमा दैनिक सङ्क्रमितको अवस्था उच्च रहेको छ । केही दिन झण्डै एक लाख पुग्न लागेकोमा अहिले फेरि घटेको देखिएको हो ।

कोरोनाभाइसबाट सङ्क्रमित भएका मध्ये भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७९ हजार २९२ जना कोरोनाभाइरस सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : ०९ बजे

‘प्रधानमन्त्री कप’ गण्डकी प्रदेशस्तरीय क्रिकेट छनोट बिहीबारदेखि

कास्की – ‘प्रधानमन्त्री कप’ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि गण्डकी प्रदेशस्तरीय

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६