नेपाललाई मैत्रीपूर्ण खेलका लागि बंगलादेशसहित पाँच देशको प्रस्ताव « Khabarhub

नेपाललाई मैत्रीपूर्ण खेलका लागि बंगलादेशसहित पाँच देशको प्रस्ताव


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाले राष्ट्रिय फुटबल टीमको अभ्यासका लागि वातावरण बनाइदिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेश कुमार सिलवाललाई आग्रह गरेका छन् ।

बुधबार एन्फा अध्यक्ष शेर्पा र उपाध्यक्ष शिक्षित पराजुलीले राखेप सदस्य सचिव सिलवालसँग भेट गरी राष्ट्रिय टीमको अभ्यासका लागि माहोल बनाइदिन आग्रह गरेका हुन् ।

फिफा विश्वकप २०२२ तथा एएफसी एसियनकप २०२३ अन्तरगत घरेलु मैदानमा हुने तय भएको खेलका लागि साउनमा एन्फाले अभ्यास शुरु गर्ने तयारी गरेको थियो ।

तर, नेपालमा कोरोना भाइरसको संक्रमण अप्रत्याशित रुपमा बढेपछि अन्तिम समयमा अभ्यास स्थगित गरिएको थियो ।

अहिले राष्ट्रिय टोलीका खेलाडीहरु आ–आफ्नो घरमा बसिरहेका छन् । दक्षिण एसियाली क्षेत्रमा खेलकुद लगभग ठप्प भएको ६ महिनाभन्दा बढी समय भइसकेको छ ।

भुटान, भारत लगायत देशहरुमा घरेलु फुटबल सुरु भइसकेका छन् । नेपालमा भने चैत्र महिनामा चलिरहेको सहिद स्मारक बी डिभिजन लिगलाई पनि कोरोनाकै कारण स्थगित गरिएको थियो ।

अहिले एन्फाले विभिन्न देशहरुले नेपाललाई मैत्रीपूर्ण फुटबलका लागि निमन्त्रण दिइरहेको उल्लेख गर्दै अभ्यास शुरु गर्न सरकार समक्ष प्रस्ताव लैजान आग्रह गरेको छ ।

एन्फा उपाध्यक्ष शिक्षित पराजुलीले नेपालसँग मैत्रीपूर्ण फुटबलका लागि बंगलादेश, कतार, मंगोलिया लगायतका पाँच वटा देशहरुले प्रस्ताव राखेको बताएका छन् ।

‘घरेलु फुटबल सुरु गर्न तत्काल सम्भव छैन । तर, राष्ट्रिय टोलीको अभ्यास सुरु गर्न त्यति अप्ठ्यारो छैन,’ उपाध्यक्ष पराजुलीले भने, ‘यस्तो समयमा हामीले खर्च गरेर उनीहरुलाई अभ्यासका लागि यता बोलाउन कठीन छ । तर, उनीहरुले प्रस्ताव गरेपछि सबै उनीहरुले नै व्यवथापन गर्ने हुँदा मैत्रीपूर्ण खेलको वातावरण बनाइ दिन आग्रह गरेका हौं ।’

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  २ : २१ बजे

नासाको ‘क्रु–१४ अभियान’मा अमेरिका, जापान र रुसका अन्तरिक्ष यात्री

अमेरिका– अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रका लागि

द्वन्द्व अन्त्य नै विस्थापन समाधानको मुख्य उपाय : संयुक्त राष्ट्रसंघ

संयुक्त राष्ट्रसंघ– संयुक्त राष्ट्रसंघका शरणार्थीसम्बन्धी उच्चायुक्त बारहम सालिहले द्वन्द्व, हिंसा

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन