कोरोनाले पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु « Khabarhub

कोरोनाले पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु

नेपालमा हालसम्म ज्यान गुमाउनेको संख्या ३७९ पुग्यो


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ३७९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ज्यान गुमाउनेको विवरण

पछिल्लो एक सातामा कति जनाले ज्यान गुमाए ?

यसअघि मंगलबार हिजो ११ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

त्यसअघि सोमबार एकैदिन १५ जनाको कोरोनाका कारण ज्यान गएको थियो । गएको आइतबार कोरोनाका कारण ९ जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका यसअघि शनिबार १४ जनाको कोरोनाका कारण ज्यान गएको थियो ।

कोरोनाकै कारण शुक्रबार ५ जनाको कोरोनाले मृत्यु भएको थियो भने विहीबार १ महिला र ४ पुरुष गरी पाँच जनाले ज्यान गुमाएका थिए ।

मन्त्रालयका अनुसार यसअघि गत बुधबार तीन महिला र तीन पुरुष गरी ६ जनाको मृत्यु भएको थियो ।

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ४ : २५ बजे

बेथलेहेमले गाजा युद्धपछि पहिलो पटक क्रिसमस मनाउँदै

बेथलेहेम– गाजामा लामो समयदेखि चलेको युद्धको पीडादायी छायाँबीच दुई वर्षभन्दा

त्रियुगा क्षेत्रमा जंगली हात्ती गाउँ पस्दा १२ घरमा क्षति

गाईघाट– जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रमा हात्तीले १२ भन्दा बढी घरमा

पोखरा-जोमसोम हवाई सेवा तीन महिनाका लागि स्थगित

मुस्ताङ– हिउँदयाममा मुस्ताङ भ्रमण गर्नेको सङ्ख्या घट्दै गएपछि निजी वायुसेवा कम्पनीले

पर्वहरूले विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले इसाई धर्मावलम्बीको  पर्व ‘क्रिसमस डे’ का

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ