कोरोना संक्रमित कांग्रेस महामन्त्री डा.कोइरालाको आईसीयूमा राखेर उपचार « Khabarhub

कोरोना संक्रमित कांग्रेस महामन्त्री डा.कोइरालाको आईसीयूमा राखेर उपचार


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसबाट संक्रमित नेपाली काँग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालालाई चावहिलस्थित ओम अस्पतालमा आइसीयूमा राखेर उपचार थालिएको छ ।

कोभिड­१९ को सङ्क्रमण देखिएपछि घरमै होमआइसोलेसनमा रहेका उनलाई मङ्गलबार साँझ ज्वरो आएपछि अस्पतालको सघन उपचार कक्ष (आईसीयू)मा राखेर उपचार भइरहेको अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिए ।

‘अस्पताल आएदेखि नै हामीले आईसीयूमा राखेर उपचार गरिरहेका छौँ’, उनले भने, ‘अहिले उहाँको ज्वरो घटेर स्वास्थ्यमा सुधार भइरहेको छ ।’ उनका अनुसार महामन्त्री डा.कोइरालालाई निमोनिया भएको छ ।

महामन्त्री कोइरालाको उपचारमा अस्पतालमा निर्देशक डा.विश्वनाथ कोइरालाको नेतृत्वमा डा.सुवोधसागर ढकाल र डा.प्रमेशसुन्दर श्रेष्ठलगायतको टिम रहेको छ ।

उनको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालका प्रबन्ध निर्देशक कार्कीले जानकारी दिए । केही दिनअघि महामन्त्री डा.कोइरालालाई कोरोना सङ्क्रमण देखिएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  १० : ५२ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको