आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य « Khabarhub

आयल निगमले घटायो डिजेल र मट्टितेलको मूल्य


३१ भाद्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ ।

बुधबार रातिदेखि लागू हुने गरी  डिजेल र मट्टितेलको भाउ प्रतिलिटर एक-एक रुपैयाँ घटाइएको हो ।

समायोजित मूल्यअनुसार अब  डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९०-९० रुपैयाँ पर्नेछ ।

पछिल्लो पटक इण्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार पेट्रोलियम पदार्थको मूल्य केही घटेर आएकाले डिजल र मट्टितेलको भाउ घटाइएको निगमले जनाएको छ ।

पेट्रोल,हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत रहेको निगमको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७७, बुधबार  ११ : ०८ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले