मिर्गौला पीडित बालिकालाई फेसबुक ग्रुप 'श्रीमती संगठन'को ४१ हजार सहयोग | Khabarhub Khabarhub

मिर्गौला पीडित बालिकालाई फेसबुक ग्रुप ‘श्रीमती संगठन’को ४१ हजार सहयोग


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सामाजिक सञ्जाल फेसबुकमा खोलिएको ग्रुप ‘श्रीमती संगठन’ले झापाकी एक मिर्गौला पीडित बालिकालाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।

झापाको दमक ९ की मिर्गौला रोगी निसा बिकलाई ग्रुपले ४१ हजार १६५ रूपैयाँ सहयोग गरेको हो ।

डेढ वर्षदेखि दुबै मिर्गौलामा समस्या भएर उपचाररत १२ वर्षीया निसालाई ग्रुपका तर्फबाट दमककै रेवता न्यौपाने र विष्णु भण्डारीले उक्त रकम हस्तान्तरण गरेका हुन् ।

दमकस्थित समता स्कूलमा कक्षा ५ मा अध्ययनरत निसाको दुबै मिर्गौलामा समस्या आएपछि अध्ययनसमेत प्रभावित हुँदै आएको छ । निसाका बुबा रेश बहादुर र आमा सुमित्रा मजदुरी गरेर जीविका चलाउँदै आएका छन् ।

विपन्न अवस्थाकी निसाको उपचारका लागि १० लाख रूपैयाँ लाग्ने परिवारजनले बताउँदै आएका छन् ।

निसाको उपचारमा ठूलो रकम आवश्यक पर्ने भए पनि ‘श्रमती संगठन’ ले थोरै रकम भए पनि केही सहयोग मिलोस् भनेर रकम संगठनकी सदस्य न्यौपानेले जानकारी दिइन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ०१ बजे

वातावरणीय संरक्षणका लागि वृहत वृक्षरोपण

काभ्रे– युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको

नेत्रज्योति सङ्घ र धुलिखेल अस्पतालबीच सहकार्य

काठमाडौं– नेपाल नेत्र ज्योति सङ्घ (एनएनजेएस) र धुलिखेल अस्पताल–काठमाडौं विश्वविद्यालय

दाताको पर्खाइमा आश्रमका ‘बा’ हरू

चितवन– ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मानेर

वीरगञ्जमा हैजाको संक्रमण, सतर्कता अपनाउन अनुरोध

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरपालिका–१२ स्थित मुर्लीको नयाँ टोलमा हैजाका बिरामी

पितृप्रति श्रद्धा प्रकट गर्न गोकर्णेश्वरमा भीड (तस्बिरहरू)

काठमाडौं– दिवङ्गत पितालाई तर्पण, सिधादान र पिण्ड अर्पण गर्न आज