बार्यन म्युनिखको शानदार जित | Khabarhub Khabarhub

बार्यन म्युनिखको शानदार जित


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– डेब्यु खेलमै इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल गरेपछि बायर्न म्युनिखले डिएफबी पोकलको पहिलो राउन्डमा शानदार जित हात परेको छ ।

एलिएन्ज एरिनामा बिहीबार राति भएको खेलमा डिफेन्डिङ च्याम्पियनसमेत रहेको बायर्नले पाँचौ श्रेणीको डुरेनमाथि ३–० को जित हात पारेको हो ।

अर्को एक गोल थोमस मुलरले गरेका थिए । ३१ वर्षीय क्यामरुनी फरवार्ड यसै समरमा फ्रान्सेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट बायर्न फ्रि एजेन्टमार्फत आएका थिए ।

२४औं मिनेटमा बोउन सारको पासमा मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाए । ३६औं मिनेटमा थोमस मुलरले पेनाल्टीमार्फत गोल गर्दै बायर्नको अग्रता दोब्बर बनायो ।

७५औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरेपछि बायर्नले खेल ३–० ले जित्यो ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ५९ बजे

३४६ वर्ष पुरानो थन्थु दरबारको पुन: शिलान्यास

भक्तपुर भक्तपुर दरबार क्षेत्रस्थित भक्तपुर नगरपालिकाको पुरानो भवन रहेको थन्थु

भारतमा आज तेस्रो चरणको मतदान हुँदै

काठमाडौं – भारतमा लोकसभा निर्वाचनअन्तर्गत तेस्रो चरणको मतदान मंगलबार हुँदैछ।

वायु प्रदूषणको प्रमुख कारण डढेलो

काठमाडौं – केही हप्तादेखि काठमाडौं उपत्यकामा वायु प्रदूषण बढिरहेको छ।

बेकरीबाट मासिक दुई लाख आम्दानी गर्दै धरानका दुई युवक

धरान–  ‘देशमा रोजगारीको अभाव र लगानीको वातावरण छैन’ भन्नेहरूका लागि

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दंग 

महोत्तरी– आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान