उत्साहसाथ सुरु भएको कोरोना बीमा भुक्तानीमा उदासीनता « Khabarhub

उत्साहसाथ सुरु भएको कोरोना बीमा भुक्तानीमा उदासीनता

दाबी भुक्तानीको बक्यौता पौने अर्ब नजिक


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बीमा कम्पनीहरुले निकै उत्साहका साथ सुरु गरेको कोरोना बीमाको दाबी भुक्तानी गर्न भने बीमा कम्पनीहरु उदासीन देखिएका छन् । प्रक्रिया पनि जटिल पारिएको छ ।

विश्वमा कोरोना भाइरस संक्रमण फैलिन थालेको सुरुवाती चरणमा नेपालमा संक्रमितको संख्या न्युन थियो । त्यही समयमा कोरोना बीमा सुरु भयो ।

सबै नेपालीलाई बीमाको पहुँचमा पुर्‍याई कोरोना भाइरस संक्रमणको उपचारमा राहत दिने उद्देश्यले रहेको भनिए पनि बीमा दाबी भुक्तानीमा भने कम्पनीहरुले आलटाल गर्न थालेका छन् ।

गत वैशाख ७ देखि असोज २३ सम्ममा २० वटा कम्पनीमा १५ लाख १४ हजार ८५५ जनाको कोरोना बीमा भएको बीमा समितिले जनाएको छ ।

हालसम्म एक हजार २९ जनाले ९ करोड ७० लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी पाएका छन् । दाबी गरेका ७ हजार ४० जनाले भुक्तानी लिन बाँकी रहेको देखिएको छ ।

यस आधारमा असोज २३ सम्ममा ७१ करोड २८ लाख रुपैयाँ दाबी भुक्तानी हुन बाँकी छ । भदौ २९ सम्म बीमा गरेका बिमितले संक्रमण भएपछि तत्कालै पूरै रकम पाउने व्यवस्था थियो ।

त्यसपछि गरिएको बीमाबाट भने संक्रमितहरुले २५ हजार रुपैयाँ सोझै पाउने र बाँकी रकम अस्पतालमा उपचार गरेको बिलका आधारमा उपलब्ध गराउने गरी बीमा समितिले नियम संशोधन गर्‍यो।

कोरोना बीमा सरकारी कर्मचारीका लागि निःशुल्क गरिएको छ । निजी क्षेत्र तथा संस्थागतरूपमा हुने सामूहिक बीमाका लागि भने सरकारले ५० प्रतिशत रकम व्यहोर्ने व्यवस्था रहेको छ ।

अब तुरुन्त भुक्तानी हुन्छ : समिति

बीमा समितिको कोरोना मापदण्ड २०७७ मा दाबी परेको एक साताभित्रै भुक्तानी गर्नुपर्ने व्यवस्था छ । मुलुकमा कोभिड–१९ को संक्रमण बढेपछि छोटो समयमै दाबी रकम पनि बढेको छ । केही महिनायता प्रक्रियामा रहेका बीमालेखको सहजै भुक्तानी नहुँदा भुक्तानी दायित्वसमेत बढ्दै गएको छ ।

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ भएको भन्ने गुनासो पनि बढ्दै गएको छ । बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईं भने संक्रमणको पुष्टि भएको आधिकारिक प्रमाण र तोकिएको रित पूरा नभएका कारण भुक्तानी हुन नसकेको बताउँछन् ।

‘केही प्राविधिक कारणले दाबी भुक्तानीमा ढिलाइ भएको थियो,’ अध्यक्ष चापागाईंले खबरहबसँग भने, ‘अहिले तुरुन्त दाबी भुक्तानी भइरहेको छ ।’

समितिले यही साताको सुरुदेखि दाबी भुक्तानी तीव्र गतिमा भइरहेको जनाए पनि दैनिक कतिको संख्यामा भइरहेको छ भन्ने यकिन गरेको छैन ।

कसरी गर्ने कोरोना बीमा ?

२० वटा निर्जीवन बीमा कम्पनीहरुमार्फत कोरोना बीमा गर्न सकिन्छ । अजोड, एभरेष्ट, जनरल, हिमालयन, आइएमई जनरल, लुम्बिनी, नेसनल, नेको, नेपाल, एलएलजी, ओरियन्टल, प्रभु, प्रिमियर, प्रुडेन्सियल, राष्ट्रिय बीमा कम्पनी, सगरमाथा, सानीमा, शिखर, सिद्धार्थ र युनाइटेड इन्स्युरेन्सका जुनसुकै शाखाबाट बीमा गर्न सकिन्छ ।

कोरोना बीमा गर्ने व्यक्तिको नागरिकता र त्यसको प्रतिलिपि चाहिन्छ । कोरोना बीमाको बीमांक रकम १ लाख र ५० हजार रुपैयाँ गरी दुई प्रकारको कायम गरिएको छ । एक लाख बीमांकको बीमालेखको लागि प्रतिव्यक्ति १ हजार र ५० हजारको बीमांकका लागि प्रतिव्यक्ति ५ रुपैयाँ सय बीमा शुल्क कायम गरिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  १ : १८ बजे

लागूऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागूऔषधसहित

देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर