बाँकेमा थप एक संक्रमितको मृत्यु « Khabarhub

बाँकेमा थप एक संक्रमितको मृत्यु


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमितको आज बिहान मृत्यु भएको छ ।

रुकुमको चौरजहारी नगरपालिका वडा नं १४ निवासी ३३ वर्षीय पुरुषको उपचारकै क्रममा आज बिहान ५ बजे मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठका  स्वास्थ्यमा समस्या देखिएपछि असोज यही २१ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएपछि पिसिआर परीक्षण गर्दा असोज २२ गते कोरोना सङ्क्रमण देखिएको थियो ।

शिक्षण अस्पतालको कोरोना आइसोलेसन वार्डमा भर्ना गरेर रोगको प्रकृतिअनुसार सबै प्रकारका आवश्यक उपचार गरिए पनि स्वास्थ्यावस्थामा सुधार नआई उपचारकै क्रममा बिरामीको मृत्यु भएको श्रेष्ठले बताए ।

बाँकेमा योसहित बाहिरी जिल्लाबाट आई उपचारका क्रममा अस्पतालमै मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । बाँकेका मात्रै २७ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ११ : ०५ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी