इम्युनिटी पावर बढाउन सजिउन (फाइदा सहित) « Khabarhub

इम्युनिटी पावर बढाउन सजिउन (फाइदा सहित)


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना संक्रमणबाट बच्नका लागि मास्क तथा सामाजिक दूरी त अनिवार्य हुँदै हो, शरीरको रोग प्रतिरोधी क्षमता अर्थात इम्युनिटी पनि बलियो हुनु जरूरी छ ।

इम्युनिटी बढाउन सजिउन उपयुक्त तरकारी मानिन्छ । यसलाई नियमित खाँदा शरीरको इम्युनिटी बढ्छ । ​

अध्ययनहरूमा देखिएअनुसार, सजिउनमा सुन्तलाभन्दा सात गुणा बढी भिटामिन, दूधभन्दा तीनगुणा बढी क्याल्सियम र अण्डाभन्दा ३६ गुणा बढी म्याग्नेसियम हुन्छ ।

अनि पालुंगोभन्दा २४ गुणा बढी आइरन र केराभन्दा तीनगुणा बढी पोटेसियम पनि यसमा पाइन्छ । यसलाई तरकारी र अचार दुवै रूपमा खान मिल्छ ।

यसमा कार्बोहाइड्रेट, प्रोटीन, क्याल्सियम, पोटेसियम, आइरन, म्याग्नेसियम, भिटामिन ए, सी र बी कम्प्लेक्स अत्यधिक मात्रामा पाइन्छ ।

सजिउन पेटका लागि आयुर्वेदिक औषधि नै मानिन्छ । हैजा, पखाला, जन्डिस लगायतका रोग लाग्दा सजिउनको पातको ताजा रस, एक चम्चा मह र नरिवल पानी मिसाएर पिउँदा आराम हुन्छ ।

सजिउनको पातको धूलो मुटुरोगीहरूका लागि लाभदायक हुन्छ र यसले क्यान्सर लाग्न पनि दिँदैन । यसले रक्तचाप पनि नियन्त्रणमा राख्छ ।

यसले रक्ताल्पता पनि हुन दिँदैन र बालबालिकालाई कुपोषण हुन पनि दिँदैन ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  २ : ५५ बजे

तलेजु भवानीको दर्शन गर्न भक्तपुरमा भक्तजनको ओइरो

भक्तपुर– हरेक वर्ष शारदीय नवरात्रको महानवमीका दिन मात्र सर्वसाधारणका लागि

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री

काठमाडौँ– बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा

हिरासतमा रहेकी सुकीलाई बेलायती राजा चार्ल्सको उपहार

याङ्गुन – म्यान्मामा हिरासतमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता आङ

निषेधित क्षेत्र घुमेका पर्यटकबाट बर्सेनि उठ्छ करोडौँ राजस्व

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण

मालीमा सशस्त्र समूहको आक्रमणमा ५० जनाको मृत्यु

बामाको – मालीको उत्तरपूर्वी मेनाका क्षेत्रमा सशस्त्र समूहले गरेको आक्रमणमा