सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारौँ– मेयर शाक्य « Khabarhub

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारौँ– मेयर शाक्य


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सामूदायिक विद्यालयको गुणस्तर सुधार गर्न सक्ने हो भने संस्थागत विद्यालय स्वत कमजोर भएर जाने बताएका छन् ।

आज शिवपुरी माध्यमिक विद्यालयको ७२ औं बार्षिकोत्सव समारोहमा बोल्दै प्रमुख शाक्यले सामूदायिक विद्यालयले चुम्बकीय गुणको विकास गरेर संस्थागत विद्यालयको भन्दा गुणस्तयरीय शिक्षा दिने वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिए ।

‘नीजि क्षेत्रका विद्यालयले जसरी विद्यार्थी र अविभावकलाई आकर्षित गरिरहेको छन् अब त्यसैगरी विस्तारै सामूदायिक विद्यालयले पनि चुम्बकीय गुणको विकास गर्नुपर्छ,’ शाक्यले भने, ‘संस्थागत विद्यालयमा विद्यार्थीको आकर्षण बढ्यो भनेर गुनासो गर्ने होइन त्यो भन्दा राम्रो र गुणस्तरीय शिक्षा दिएर तपाईँहरु (विद्यार्थी)को भविश्य हामी बनाई दिन्छौँ भन्ने ग्यारेण्टी सामूदायिक विद्यालयले दिन सक्नुपर्छ । त्यो भयो भने सामूदायिकमा स्वत विद्यार्थीको चाप बढ्ने छ ।’

प्रमुख शाक्यले सामूदायिक विद्यालयका प्रधानाध्यापकहरुले पनि संस्थागत विद्यालयलाई निषेध होइन, मेरो विद्यालयमा अध्ययनरत विद्यार्थीको भविश्यको जिम्मा म लिन सक्छु भन्ने ध्येयका साथ पठन–पाठनमा ध्यान दिई विद्यार्थीका साथै अविभावकलाई पनि विस्वस्थ बनाउनु पर्नेमा जोड दिएका छन् ।

‘सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर निजी विद्यालयसँग समान बनाउने हो भने गुणस्तरीय शिक्षा खोज्दै अविभावक चर्को शुल्क तिर्नुपर्ने ठाउँमा जानुपर्ने वाध्यता स्वतः अन्त्य हुन्छ,’ उनले भने, ‘हामी बजारमा केही बस्तु किन्न जाँदा कसैले गुणस्तरीय बस्तु सस्तोमा दियो भने महंगोमा किन्न जाँदैनौँ, शिक्षा पनि त्यहि हो ।’

उनले सामुदायिक विद्यालयका शिक्षक/शिक्षिकालाई शैक्षिक गुणस्तरमा संवेदनशील पनि आग्रह गरे। गुणस्तरीय शिक्षाका लागि आवश्यक पर्ने नीति महानगरले बनाउने भन्दै स्रोतको समस्या नभएको प्रष्ट पारे ।

आजै प्रमुख शाक्यले विद्यालयमा स्थापना गरिएको सूचना प्रविधि प्रयोगशालाको उद्घाटन गरे । दूरसञ्चार प्राधिकरणको सहयोगमा २४ वटा कम्प्युटरसहितको प्रयोगशाला स्थापना गरिएको हो ।

‘विद्यालयमा शौचालय बनाउने, धुलोमुक्त खेल मैदानका लागि पूर्वाधार तयार पार्ने, विद्यालयलाई आकर्षक बनाउन रङ्ग लगाउने, महावाणी र भित्ते चित्र लेखन गर्नेलगायत काममा हामीले लगानी गरिरहेका छौं । सामुदायिक विद्यालयको स्तर उकास्न विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन, शिक्षक/शिक्षिका र अभिभावक सबै मिलौं,’ प्रमुख शाक्यको भनाइ थियो ।

उनले महानगरपालिका सूचना प्रबिधिमा आधारित शैक्षिक कार्यक्रममा केन्द्रीत रहेको पनि बताए । समारोहमा बोल्दै विद्यालयका प्रधानाध्यापक दिवाकर दूरदर्शीले भने, ‘हामी विद्यालयको सूचना प्रबिधि प्रयोगशालालाई नमूना र सिकाइ प्रयोगशालाका रुपमा विकास गर्न चाहन्छौं ।’

समारोहमा विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष, सेवा निवृत्त शिक्षक शिक्षिकालाई सम्मान प्रदान गरिएको थियो । त्यस्तै विद्यालयमा २५ बर्ष सेवा अवधि पूरा गर्ने शिक्षक शिक्षिकालाई शिवपुरी शिक्षा सेवा पदक उत्कृष्ठ शिक्षा सम्मान प्रदान गरिएको थियो ।

विद्यालयले कोभिड नियन्त्रणका उत्कृत्ठ काम गरेको जनाउँदै वडा ३ का अध्यक्ष दीपक केसीलाई बिशेष सम्मान गरेको थियो ।

विद्यालयमा कक्षा १२ सम्म करीव १ हजार ३ सय विद्यार्थी छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : ०२ बजे

काभ्रे-१ मा शिक्षा र पूर्वाधारमा कायाकल्प गर्ने  गुणराजको संकल्प

काठमाडौं– यसपटकको संसद्‍मा पुराना दलका थुप्रै नेताहरूको अनुहार देख्न पाइने

ओलीको दाबी : बहुमत नआए पनि यो निर्वाचनबाट एमाले पहिलो पार्टी बन्छ

झापा– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन–जी आन्दोलनका

खैबर पख्तुनख्वामा घातक विस्फोट

एजेन्सी– उत्तरपश्चिम पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्त सोमबार हिंसात्मक घटनाले पुनः

आगामी निर्वाचन काम गर्ने र भाषण गर्नेबीचको प्रतिस्पर्धा हो : अध्यक्ष घिसिङ

चितवन– उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले आगामी फागुन २१

रास्वपाका डोलप्रसाद अर्यालको चुनावी वाचापत्र सार्वजनिक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति र काठमाडौँ क्षेत्र