कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भए : चिकित्सक संघ « Khabarhub

कोरोना संक्रमितहरु सडकमा भौतारिन बाध्य भए : चिकित्सक संघ


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल चिकित्सिक संघले कोभिड–१९ को संक्रमण समुदायमा प्रवेश गरी भयावह स्थिति सिर्जना हुन गएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका लगायत देशभरी संक्रमित बिरामीहरुको उपचारका लागि अस्पतालहरुमा बेड, आइसियू तथा भेन्टीलेटर, अक्सिजन र रेम्डिसिभिर लगायतका अत्यावश्यक औषधीहरुको अभावका कारण संक्रमितहरु सडकमा भौतारिन बाध्य भएको करुणादायी वेदनाले संघ स्तब्ध भएको उल्लेख छ।

संघले ननकोभिडका बिरामीहरुले उपचार गराउन समेत कठिनाई उत्पन्न भइरहेको गम्भीर परिस्थितिप्रति सरकार संवेदनशील हुन र अबिलम्ब प्रभावकारी कदम उठाई संक्रमणको नियन्त्रण गर्न जरुरी भइसकेको औंल्याएको छ ।

‘सम्पूर्ण नागरिकहरुको स्वास्थ्य उपचारका लागि उचित वातावरण तयार गर्न एवं कोभिड–१९ को संक्रमणका लागि आवश्यक पर्ने आइसियू बेडहरु, भेन्टिलेटर, अक्सिजन, रेम्डीसिभिर लगायतका अत्यावश्यक औषधीहरुको सहज उपलब्ध गराउन नेपाल चिकित्सक संघ नेपाल सरकार समक्ष जोडदार माग गर्दछ’, संघका महासचिव डा बद्री रिजालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ६ : ४२ बजे

राष्ट्रपतिसँग राष्ट्रियसभाका अध्यक्षको भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति भवनमा

प्रधानमन्त्री बालेनलाई गाली गरेर कन्टेन्ट बनाएको आरोपमा एकजना पक्राउ

काठमाडौं– प्रधानमन्त्री  बालेन (बालेन्द्र) शाहलगायतका नेतालाई  गाली गरेका सामग्री युटुबमा

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?  

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल

प्रधानमन्त्री बालेनको भारत भ्रमणको सहमति भइसकेको परराष्ट्रमन्त्रीको भनाइ : मिति तय गर्न बाँकी

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको भारत

कूटनीतिबाट सैन्य लक्ष्य पूरा हुँदैन : इरान

टोकियो– अमेरिका–इरान तनावबीच कूटनीतिक वार्ताको औचित्यमाथि प्रश्न उठाउँदै जापानस्थित इरानी