एक्जिट भिसा मिलाउने नाममा साउदीस्थित दूतावासकै कर्मचारीको ठगी धन्दा !  « Khabarhub

एक्जिट भिसा मिलाउने नाममा साउदीस्थित दूतावासकै कर्मचारीको ठगी धन्दा ! 


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्रलोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ ।

दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल लिएको खुलेको हो ।

अजमिल कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी उनले सो रकम आफ्नो  नाममा पठाउन लगाएको प्रवासी नेपाली एकता मञ्च साउदीका रामचन्द्र वाग्लेले खबरहबलाई जानकारी दिए ।

पीडित नेपालीहरुले आफूहरु दूतावासकै कर्मचारीबाट ठगिएको भन्दै प्रवासी नेपाली एकता मञ्चमा निवेदन दिएपछि ठगी गर्ने कर्मचारीबाट पैसा फिर्ता गराउन सफल भएको वाग्लेले बताए ।

मिश्रले रायमार्फत ९ हजार ४ सय रियाल फिर्ता गरेको र सो रकम ३० जनालाई जनही ३ सय दिएको तथा बाँकी ४ सय रियाल रायलाई नै जिम्मा दिएको उनले बताए ।

मिश्रले साउदीस्थित नेपाली दूतावासको अनुरोधमा आवासीय अनुमतिपत्र (अकामा) नवीकरण नगरेका तथा नबनाइएका नेपालीहरुलाई नि:शुल्क दिने बर्हिगमन भिसाको पैसा लिएको बताएका छन् ।

मिश्रले रायलाई भरियाका रूपमा प्रयोग गरी नेपालको नम्बर ९८४४२२२६७१ प्रयोग गरि इमोबाट ठगी धन्दा गरेको हुँदा छानविन गरि कारबाही गर्न मञ्चले दूतावासलाई अनुरोध गरेको छ ।

साथै, यो ठगीमा को-को संलग्न छन् सबैलाई कानूनी कारबाहीको निम्ति मञ्चले माग गरेको छ ।

कर्मचारीले गलत काम गरेको थाहा पाएलगतै यस विषयमा दूतावासले छानविन गरिरहेको जनाएको छ । उनीविरुद्ध परेका निवेदन समेत छानविनका लागि सम्बन्धित निकायमा पठाइसकिएको दूतावास श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ३६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको