एक्जिट भिसा मिलाउने नाममा साउदीस्थित दूतावासकै कर्मचारीको ठगी धन्दा !  « Khabarhub

एक्जिट भिसा मिलाउने नाममा साउदीस्थित दूतावासकै कर्मचारीको ठगी धन्दा ! 


३० आश्विन २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- साउदीस्थित नेपाली दूतावासका कर्मचारी बिम्लेश कुमार मिश्रले नेपाल पठाउन एक्जिट भिसा मिलाई दिने प्रलोभन देखाई ३० जना नेपाली श्रमिकहरुबाट पैसा लिएको खुलेको छ ।

दमाममा रहेको अजमिल कम्पनीका ३० नेपालीहरुबाट मिश्रले जनही ३ सय रियालका दरले ९ हजार रियाल लिएको खुलेको हो ।

अजमिल कम्पनीमा कार्यरत दिनेश रायलाई प्रयोग गरी उनले सो रकम आफ्नो  नाममा पठाउन लगाएको प्रवासी नेपाली एकता मञ्च साउदीका रामचन्द्र वाग्लेले खबरहबलाई जानकारी दिए ।

पीडित नेपालीहरुले आफूहरु दूतावासकै कर्मचारीबाट ठगिएको भन्दै प्रवासी नेपाली एकता मञ्चमा निवेदन दिएपछि ठगी गर्ने कर्मचारीबाट पैसा फिर्ता गराउन सफल भएको वाग्लेले बताए ।

मिश्रले रायमार्फत ९ हजार ४ सय रियाल फिर्ता गरेको र सो रकम ३० जनालाई जनही ३ सय दिएको तथा बाँकी ४ सय रियाल रायलाई नै जिम्मा दिएको उनले बताए ।

मिश्रले साउदीस्थित नेपाली दूतावासको अनुरोधमा आवासीय अनुमतिपत्र (अकामा) नवीकरण नगरेका तथा नबनाइएका नेपालीहरुलाई नि:शुल्क दिने बर्हिगमन भिसाको पैसा लिएको बताएका छन् ।

मिश्रले रायलाई भरियाका रूपमा प्रयोग गरी नेपालको नम्बर ९८४४२२२६७१ प्रयोग गरि इमोबाट ठगी धन्दा गरेको हुँदा छानविन गरि कारबाही गर्न मञ्चले दूतावासलाई अनुरोध गरेको छ ।

साथै, यो ठगीमा को-को संलग्न छन् सबैलाई कानूनी कारबाहीको निम्ति मञ्चले माग गरेको छ ।

कर्मचारीले गलत काम गरेको थाहा पाएलगतै यस विषयमा दूतावासले छानविन गरिरहेको जनाएको छ । उनीविरुद्ध परेका निवेदन समेत छानविनका लागि सम्बन्धित निकायमा पठाइसकिएको दूतावास श्रोतले जनाएको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ९ : ३६ बजे

भारतमा गुगलको डाटा सेन्टरविरुद्ध स्थानीयको विरोध

विशाखापटनम– भारतको आन्ध्र प्रदेशमा अमेरिकी प्रविधि कम्पनी गुगलले निर्माण गर्न

नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको लर्को

ताप्लेजुङ– नवरात्र सुरु भएसँगै पाथीभरामा भक्तजनको आगमन बढेको छ छ

केन्यासहित अफ्रिकी मुलुकमा रहेका नेपालीको समस्या समाधान गर्न कूटनीतिक पहलको माग

काठमाडौँ – केन्यासहित अफ्रिकी मुलुकमा बसोबास गरिरहेका नेपालीहरूले भोग्नुपरेका कानुनी

सरावल गाउँपालिकाको भवन निर्माणको अन्तिम चरणमा

नवलपरासी– सरावल गाउँपालिकाको रु छ करोड ८५ लाख लागतको निर्माण थालिएको

बाढीपीडितलाई ६३ लाख सहयोग

बनेपा– भोटेकाशी बाढीपीडितको सहयोगार्थ पाँचखाल नगरपालिका र खानीखोला गाउँपालिकाले ६३ लाख