पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपात « Khabarhub

पश्चिमी वायुको प्रभावले हल्का वर्षा र हिमपात


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पश्चिमी वायुको प्रभावले अहिले देशका केही प्रदेशमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली भई थोरै स्थानहरुमा वर्षा र हिमपात भईरहेको महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश नम्बर १ का पहाडी भूभागमा आंशिक बदली भएको छ । बाँकी भू-भागमा भने मौसम सफा रहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा भने हल्का देखि मध्यम हिमपातको पूर्वानुमान गरिएको छ ।

राति पनि देशभर आंशिक देखि सामान्य बदली रही सुदूरपश्चिम र कर्णाली प्रदेशको एक दुई स्थानहरु र  गण्डकी, बागमती तथा प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जनाइएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : १० बजे

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक

यी हुन् ६ वटा दलका ११० जना समानुपातिक सांसद

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न ६ वटा दलबाट

पहिलो ‘ट्रान्सजेन्डर महिला सांसद’ भूमिकालाई सम्मान

काठमाडौं– ब्लु डाइमण्ड सोसाइटीले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको तर्फबाट

८ महिनामा आयो ४० अर्ब बढीको विदेशी लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको ८ महिना अर्थात् फागुन मसान्तसम्म नेपालमा