तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस्ः मुख्यमन्त्री पौडेल « Khabarhub

तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस्ः मुख्यमन्त्री पौडेल


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाग्मती – वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले तिहार पर्वले सत्कर्ममा लाग्न प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री पौडेलले नेपालीको महान् चाड तिहारका अन्तिम दिन आज भाइटीकाको अवसरमा जारी गरेको शुभकामना सन्देशमा दाजुभाइ र दिदीबहिनीबीच आपसी प्रेम, सद्भाव तथा सुमधुर सम्बन्ध स्थापना गर्न भाइटिकाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।

उनले सनदेशमा भनेका छन्, “यतिबेला सम्पूर्ण मानव समुदाय कोरोनाविरुद्ध सङ्घर्षरत छ । कोरोनाको महामारीबाट स्वास्थ्य चुनौतीसँगै जनजीवनका विविध पाटाहरु नराम्ररी प्रभावित भएका छन् । महामारीका कारण चाडपर्वहरु विगतको जस्तो खुलेर मनाउने अवस्था छैन । त्यसैले विश्व स्वास्थ्य सङ्गठन तथा नेपाल सरकारले तोकेका मापदण्डलाई पालना गरी आफ्नो परिवारमा मात्र सिमित भएर चाडपर्व मनाउन अनुरोध गर्दछु ।”

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : २३ बजे

कांग्रेसको विशेष महाधिवेशन : उपसभापतिमा विश्वप्रकाश र पुष्पा भुसाल सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट विश्वप्रकाश शर्मा र पुष्पा

यस्तो बन्यो गगन थापा नेतृत्वको कांग्रेस (नामावलीसहित)

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा केन्द्रीय कार्यसमिति

प्रदीप पौडेल र गुरुराज घिमिरे कांग्रेस महामन्त्री निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसको महामन्त्री पदमा प्रदीप पौडेल र गुरुराज घिमिरे

कांग्रेस सभापतिमा गगन थापा सर्वसम्मत

काठमाडौं – नेपाली कांग्रेसको सभापतिमा गगन थापा सर्वसम्मत चयन भएका

नियमित महाधिवेशन पक्षका प्रदेश र जिल्ला सभापतिले भने : पार्टी गम्भीर र संवेदनशील मोडमा पुग्यो

काठमाडौं – नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर पाँच प्रदेश सभापति