कलाकारको भाइटीका (तस्वीरहरू) « Khabarhub

कलाकारको भाइटीका (तस्वीरहरू)


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यसवर्षको दिपावलीमा पहिलेका वर्षमा जस्तो उल्लास छैन । कोरोना भाइरसले निम्त्याएको महामारीले नेपाललाई प्रभाव नपाने कुरै भएन ।

कोरोना भाइरसका कारण आम मान्छेको दैनिकीमा परिवर्तन आएको छ । मान्छेहरु सार्वजनिक रुपमा कम भेला भइरहेका छन् । चाडबाडमा पनि सीमित आफन्त र परिवार मात्र भेट भइरहेका छन् ।

कलाकार केदार घिमिरेको तिहार ।

दिपावलीमा यसवर्ष पहिलेका वर्षमा जस्तो रौनक छैन । यसवर्ष कोरोना महामारी फैलन सक्ने भन्दै सरकारले नै सार्वजनिक रुपमा भेला नहुन आह्वान गर्दै आएको छ ।

कोरोना प्रभावले कलाकारले परिवार मात्र भेला भएर भाइटीका मनाएका छन् ।

कलाकार दीपकराज गिरीको तिहार ।

कोरोना महामारीका कारण कतै पनि देउसी खेलिएका छैनन् ।

कलाकार दीपाश्री निरौलाको परिवार ।

लक्ष्मी पूजामा पूजा गर्दा देउसी नसुन्दा खल्लो लागेको बताउँदै कलाकार तथा निर्माता दीपकराज गिरी भन्छन् – पोहोर पूजा गर्दै गर्दा भैलिनी आइन् आँगन भन्दै गाउँथे, छुट्टै रमाइलो हुन्थ्यो, यसपटक पूजा त भयो, तर आँगन शून्य भयो ।’

उनी आशा गर्छन्, अर्को वर्ष घरको आँगनमा पुरानो रौनकता फर्कनेछ ।

कलाकार पुष्प खड्का आफ्नी बहिनीका साथ ।

हुन पनि यसपटक कतै पनि देउसीका स्वरहरु सुनिएका छैनन् । कतिपय कलाकार त आफै पनि जम्मा भएर तिहारमा देउसी खेल्ने गर्थे । तर, यसपटक माहोल पूरै फेरिएको छ । घरमै परिवारका साथ रहेर तिहार मनाउनुपरेको छ ।

अझ कति कलाकारलाई त यसपटक कोरोना महामारीसँग जुध्नु परेको छ । हास्यकलाकार मनोज गजुरेल आजै (आइतवार) अस्पतालबाट डिस्चार्ज भएका छन् । मनोज गजुरेल तिहारको शुभकामना दिँदै भन्छन् – एघार दिनको अस्पताल बसाइपश्चात घर फर्किएर आराम गरिरहेको छु ।

कलाकार दुर्गेश थापा र पल शाह ।

कोरोना संक्रमणबाट यसअघि कलाकार हरिवंश आचार्य, विजय लामा, ऋचा शर्मा लगायत निको भइसकेका छन् ।

केकी अधिकारीले यो तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन् ।

नायिका रेखा थापा तिहारमा बालिने दीपलाई चेतनाका प्रतीकका रुपमा ब्याख्या गर्छिन् । उनी तिहारलाई उज्यालोको पर्व भन्न रुचाउँछिन् ।

‘चेनाको प्रतीक दीप हुन्छ, शान्तिको प्रतीका दीप हुन्छ, खुशी र उल्लासको प्रतीक दीप हुन्छ, समृद्धि र सौभाग्यको प्रतीक दीप हुन्छ,’ रेखा भन्छिन्, ‘त्यसैले सबै परम्परामा दीप कहिल्यै निभ्दैन, अनिश्चितता र अन्यौलताबीच पनि हामी उज्यालोतर्फ जान सकौं र आफूले सक्ने प्रकाश फैलाउन सकौं ।’

जीतु नेपालको परिवार ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ३ : ५३ बजे

कांग्रेसको निर्वाचन निर्देशिका सार्वजनिक, छुटेका लागि अझै मतदाता नामावलीमा समेटिने

काठमाडौं- नेपाली कांग्रेसले आफ्नो आगामी १५औं महाधिवेशनलाई व्यवस्थित र मर्यादित

सुदूरपश्चिम रोयल्सको प्रिमियम भिट्रिफाइड टायल्स पार्टनरमा प्राइम टायल्स

काठमाडौं– सुदूरपश्चिम रोयल्सले प्राइम टायल्सलाई आफ्नो आधिकारिक प्रिमियम भिट्रिफाइड टायल्स

कांग्रेस महाधिवेशनमा उम्मेदवारी शुल्क : वडा सदस्यलाई ५००, केन्द्रीय सभापतिलाई ४० हजार रूपैयाँ

काठमाडौं – नेपाली कांग्रेसले आगामी १५औं महाधिवेशनका लागि तल्लो निकाय

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि