नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति « Khabarhub

नेपाल संवतले राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने छः राष्ट्रपति


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको मौलिक नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छिन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले नेसं ११४१ का अवसरमा आज मध्यपुरथिमिमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा आज दिएको शुभकामना सन्देशमा उनले नेपाली समाज सभ्य र सहिष्णु समाज भएकाले हाम्रा चाडपर्वलाई असल परम्पराले थप सुदृढ बनाउँदै लगेको जनाउँदै नेसंलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिइन् ।

शुभकामना सन्देशमा भनिएको छ, “लिच्छविकालीन राजा राघवदेवको समयमा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस संवत्लाई प्रचलनमा ल्याएको पाइन्छ, आजको दिन राष्ट्रिय विभूति साख्वाःको उक्त परोपकारी कामलाई स्मरण गर्दै समाजको उन्नति र प्रगतिमा निःस्वार्थ भावनाले अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।”

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ९ : ४२ बजे

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले

भारतको एक अस्पतालमा आगलागी : दश जनाको मृत्यु

एजेन्सी– पूर्वी भारतको एससीबी अस्पतालको आईसीयूमा आगलागी हुँदा ट्रामा केयर

बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका ५ जना बेपत्ता

काँक्रेविहार– बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका ५ जना