आज २०७७ पुस १ गते बुधबार राशिफल « Khabarhub

आज २०७७ पुस १ गते बुधबार राशिफल


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

आज २०७७ पुस १ गते बुधबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ ।

सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ ।

तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
नयाँ काम वा रोजगार पाईनेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । परिवारमा सुख सन्तोष छाउनेछ । वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज शरीर भारि र मन अस्थिर रहने संकेत देखिन्छ । लेनदेनमा सजकता अपनाउनु पर्नेछ । दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । मान प्रतिष्ठामा बृद्धि होला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आजबाट नयाँ कार्यको थालनी होला । साथी भाईको भेटघाटले मन प्रफुल्ल रहला । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । भूमिबाट लाभ रहला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
धर्म, कर्म तथा समाज सेवामा मन लाग्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । मिष्ठान्न भोजन प्राप्ति होला ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
श्रमको उचित मुल्याङ्कन हुनेछ । पठनपाठनमा प्रगती हुनेछ । मुद्धा मामिलामा विजयी प्राप्त हुनेछ । कला,साहित्य तथा संगीतमा रुचि बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
शैक्षिक क्षेत्रबाट सफलता मिल्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । घरमा अतिथीको सेवा होला । प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेकोछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । व्यापार व्यसायबाट लाभ मिल्नेछ । विश्वास गरेकाले साथ दिनेछन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
कार्यमा सफलता पाईनेछ । नयाँ व्यक्ति संग भेटघाट हुनेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । अरूको वचन टाल्न नसक्दा दुःख पाइनेछ र खर्च पनि हुनेछ । प्रतिकूल समयले घेरेको छ, संयम रहनु होला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
शुभकार्यको चर्चा चल्नेछ । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ सवारी साधन प्राप्तिको योग छ । आँटेको र ताकेको कार्य पुरा होला । प्रतियोगितात्मक क्रियाकलापमा विजय प्राप्त हुनेछ । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ३१ बजे

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच

खगेन्द्र सुनारबारे संसदीय छानबिन गर्न एमालेको माग

काठमाडौं– नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्माकुमारी अर्यालले रास्वपा सांसद खगेन्द्र

एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट

काठमाडौं– एनसेलले सामसङ नेपालसँग सहकार्य गर्दै ग्राहकलाई सामसङका घरायसी विद्युतीय उपकरणहरूमा