कुवेतमा एक नेपालीको मृत्यु « Khabarhub

कुवेतमा एक नेपालीको मृत्यु


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपालीको मृत्यु भएको छ । कुवेतस्थित अल जजिरा कम्पनीमा कार्यरत डडेलधुराका डम्मरबहादुर साउदको सोमबार हृदयघातका कारण मृत्यु भएको जनाइएको छ ।

त्यहाँको फर्वानिया अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको कुवेत सरोकार समाजले जनाएको छ । उनको मृत्यु भएको बारे कुवेतस्थित नेपाली दूतावासलाई जानकारी प्राप्त भएको तर, अस्पतालको रिपोर्ट आउन बाँकी रहेको जनाएको छ ।

कम्पनी र परिवारसँग समन्वय गरी कानुनी प्रक्रिया पुरा गरेर मृतकको शव चाडै स्वदेश पठाइने दूतावासले जनाएको छ । उनी विगत १० वर्षदेखि कुवेतमा कार्यरत थिए । मृतकको घरमा श्रीमती छोरा र छोरी रहेको बताइएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा