९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर « Khabarhub

९ महिनापछि खुल्यो पशुपतिनाथ मन्दिर


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पशुपतिनाथ मन्दिर खुला भएको छ । कोरोनाभाइरस संक्रमणको जोखिम कम गर्न लकडाउन घोषणा गरिएसँगै बन्द रहेको पशुपतिनाथ मन्दिर नौ महिनापछि नियमित पूजाका लागि खोलिएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको मापदण्ड पूर्णरुपमा पालना गरेर मात्र भक्तजनले पशुपतिको दर्शन गर्न पाउनेछन्। अनिवार्यरुपमा मास्क लगाउनुपर्नेछ भने दुई मिटरको दूरीमा राखेर दर्शन गराइने व्यवस्था गरिएको छ।

भक्तजनलाई मन्दिरको पश्चिम ढोकाबाट प्रवेश गराई दर्शनपछि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था गरिएको छ।

मन्दिर आज खुले पनि रसिद काटेर हुने विशेष पूजा, भजनलगायत क्रियाकलाप भने तत्काल सुरु नहुने पशुपति विकास कोषले जनाएको छ।

पहिलो चरणमा परीक्षणका रुपमा बिहान ६ देखि मध्याह्न १२ बजेसम्म मात्र मन्दिर खुला गरिने कोषको भनाइ छ।

मन्दिर खुलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार मन्दिरमा क्षमापूजा गरेकी थिइन्।

त्यस अवसरमा पशुपति विकास कोषले सवा लाख दीप प्रज्वलनसमेत गरेको थियो।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : १८ बजे

कांग्रेस भिजन- अवैध तरिकाले सम्पत्ति थुपार्नेलाई नियन्त्रण गर्ने

काठमाडौं– प्रतिनिधिसभाको निर्वाचन लक्षित कांग्रेसले सार्वजनिक गरेको भिजनमा अवैध तरिकाले

कांग्रेसको प्रतिज्ञा पत्र : नागरिक स्वास्थ्यको जिम्मेवारी राज्यले लिने

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचन लक्षित प्रतिज्ञा पत्र सार्वजनिक गर्दै

शेर्पा समुदायले धूमधामसँग मनायो ग्याल्पो ल्होसार

काठमाडौं – हिमाली क्षेत्रका शेर्पा समुदायले विभिन्न सांस्कृतिक कार्यक्रमसहित ग्याल्पो

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्रको भिजन १०

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको

गगनको नीति : छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल बनाउने

काठमाडौं– नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचन लक्षित भिजन सार्वजनिक गर्दै छोराछोरी