पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन « Khabarhub

पाथीभरामा बस्ने सन्यासी बाबा करोणीनाथ योगीको निधन


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा विगत चार वर्षदेखि बस्दै आएका सन्यासी बाबा करोणीनाथ योगीको निधन भएको छ ।

अन्दाजी ६० वर्षीय योगीको मङ्गलबार बिहान निधन भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

आफू राजस्थानमा जन्मिएको बताउने योगीले बिहानै सन्चो नभएको जनाएपछि मन्दिरका कर्मचारीले उपचारका लागि जिल्ला अस्पतालतर्फ पुर्‍याएका थिए तर अस्पताल आइनपुग्दै निधन भइसकेको बताइएको छ ।

“बिहान ढोका खोल्नुभएन, बाहिरबाट बिरामी पर्नुभयो कि भनेर ढोका ढकढकाएर सोध्यौँ, सन्चो छैन, छाती दुख्दै छ, सास फेर्न गाह्रो भयो भन्नुभयो, त्यसपछि हतारहतार बोकेर उपचारका लागि सदरमुकामतर्फ हिड्यौँ, अस्पताल आइपुग्दा निधन भइसकेको थियो”, मन्दिरका कर्मचारी राजेन्द्र महतले भने ।

उनको शव परीक्षणका लागि जिल्ला अस्पतालको शवगृहमा राखिएको छ । घर तथा आफन्तको पहिचान नभएकाले सबै जिल्लामा पहिचानका लागि खबर गर्ने साथै कानूनी प्रक्रिया अघि बढाइने ताप्लेजुङ प्रहरी प्रमुख तथा प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ४१ बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर