शरीरमा दुख्दा ‘पेनकिलर’को काम गर्ने खानेकुरा थाहा पाउनुहोस् « Khabarhub

शरीरमा दुख्दा ‘पेनकिलर’को काम गर्ने खानेकुरा थाहा पाउनुहोस्


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सामान्यतया शरीरमा कुनैपनि कारण पीडा भयो भने त्यसलाई कम गर्न पेनकिलरको प्रयोग गर्ने गरिन्छ । तर पेनकिलर औषधीको अत्याधिक सेवन गर्नु स्वास्थ्यका लागि घातक समेत हुनसक्छ । त्यसैले पेनकिलरको सेवन भन्दा निम्न प्रकारका स्वस्थवर्द्धक अनि प्राकृतिक खानेकुराहरू खानुहोस्। यी खानेकुराहरूले पनि तपाईँको दुखेको शरीरको लागि पेनकिलरको काम गर्दछ।

१. चेरीः यो सानो, गुलियो अनि मिठो फलले हाम्रो मांशपेसीलाई मर्मत गर्ने कुरा अनुसन्धानबाट पत्ता लागेको छ। त्यसैले जिम गरेर आएपछि अथवा कुनै भारी काम गरेर आएपछि चेरी वा चेरीको जुस पिउनु सबैभन्दा उचित हुन्छ। साथै यो प्राकृतिक फलले कुनै नकारात्मक साइडइफेक्ट पनि गर्दैन।

२. लसूनः शताब्दीऔँ देखि नै लसूनलाई आयुर्वेदिक औषधी मानिँदै आएको छ। फेरि यसले पेनकिलरको काम गर्ने कुरा पनि अनुसन्धानबाट पत्ता लागेको छ। छालामा आएको खटिरामा लसून पिसेर लगाउँदा राहत मिल्दछ भने थोरै तेलमा लसूनलाई फ्राइ गरेर दुखेको हाडजोर्नीमा लगाउँदा पनि धेरै आराम मिल्दछ।

३. अदुवाः आयुर्वेदका अनुसार, दैनिक खानामा अदुवा मिसाएर खाँदा यसले मांशपेसी तथा जोर्नी दुख्ने समस्यामा कम गर्दछ। वैज्ञानिक अनुसन्धानबाट पनि यसले सुन्निएको अनि दुखेको ठाउँको लागि राहत पुर्याउने पत्ता लागेको छ।

४. जौः म्याग्नेसियमले भरिएको यो जौले महिलाहरूको महिनावारीमा हुने दुखाइलाई कम गर्दछ भने रक्तस्राव भएकोलाई पनि धेरै राहत दिँदछ। जौ मा जिङ्क पनि पाइन्छ जसले महिनावारी भएको बेलामा सङ्क्रमण हुनबाट बचाउँछ।

५. अङ्गुरः ढाड दुख्ने समस्याले सताइरहेको छ भने अङ्गुर खाने बानी बसाल्नुहोस्। यसमा मेरुदण्ड र ढाडमा रक्तसञ्चार गराउने पौष्टिक तत्व पाइन्छ, जसले ढाडको दुखाइलाई कम गराउँदछ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ६ : ०६ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार