छातीमा कफ जमे घरभित्रै यसरी निको पार्नुहोस् « Khabarhub

छातीमा कफ जमे घरभित्रै यसरी निको पार्नुहोस्


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

चिसो मौसममा रुघाखोकी लाग्नु र छातीमा कफ जम्नु आम समस्या हो । तर छाती कफ जम्नाले सास फेर्न समस्या हुने मात्र होइन अन्य धेरै समस्याहरु जन्माउँछ । जसबाट छुटकारा पाउन केही घरेलु उपायहरु रहेका छन् ।

१. एक चम्चा महमा २ चम्चा कागतीको रस मिसाएर पिएमा घाँटीमा आराम पुग्नुका साथै छातीमा जमेको कफ निकाल्न समेत मद्दत पुर्याउँछ ।

२. स्वादमा पिरो र तिख्खर हुने मरिच समेत छातीमा कफ जमेको हटाउन राम्रो विकल्प हुन्छ । दैनिक एक कप पानीमा २० दाना मरिच उमालेर महमा मिसाइ पिएमा कफलाई निमिट्यान्न पार्दछ । यसले खोकी र यसको इन्फेक्सन समेत हटाउँछ ।

३. छातीमा जमेको कफ निकाल्न अंगुरको जुसमा दुई चम्चा मह मिसाइ पिउँदा समेत राम्रो लाभ मिल्दछ । अंगुरको जुसमा नुन र मरिच मिसाएर पिउनाले छिटो फाइदा हुन्छ ।

४. छातीमा कफ जमेको महशुस भएमा तातो पानी पिउनुहोस् । यसले तपाईंको छाती र घाँटीमा जमेको कफको मात्रालाई कम गर्छ ।

५. नुनपानीले कुल्ला गर्नाले घाँटीलाई राहत मिल्छ र घाँटीमा जमेको कफ सफा हुन्छ । यसले घाँटी सफा हुन्छ र घाँटीमा भएका सबै किटाणु पनि मर्छन् ।

६. तातोपानीमा एक चम्चा बेसार मिसाएर पिएमा यसले कफलाई पातलो बनाउन मद्धत गर्छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : २४ बजे

ट्रम्प भने : इरानका अझै पनि ‘एकाध लक्ष्य’ नियन्त्रणमा लिन बाँकी छ

वाशिङ्टन – अमेरिकाले इरानको धेरै सैन्य क्षमता नष्ट गरेको तर

पहिरोका कारण मङ्गलामा १६६ परिवार प्रभावित

म्याग्दी – गत असोज महिनाको दोस्रो साता परेको निरन्तरको झरीपछिको

अवरुद्ध बिपी राजमार्ग सञ्चालन

काभ्रे – अविरल वर्षाका कारण अवरुद्ध बनेको बिपी राजमार्गका विभिन्न

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले