यस्ता छन् बाथ रोगको कारण र उपचार विधि « Khabarhub

यस्ता छन् बाथ रोगको कारण र उपचार विधि


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बाथलाई मेडिकल भाषामा ‘अर्थाइटिस’ भनिन्छ । सामान्य बोलीचालीको भाषामा जोर्नी दुख्ने वा सुन्निने रोग भनेर पनि बाथरोगलाई चिनिन्छ ।

जुनकुनै उमेर समूहका व्यक्तिमा पनि देखिन सक्ने यो रोगले निकै सताउँछ । प्रायजसो घुँडाको जोर्नीमा देखिने यो समस्या शरीरको कुनै पनि अंगमा हुन सक्छ । तर पुरुषको तुलनामा महिला, वृद्धवृद्धा र मोटोपन भएका व्यक्ति बाथरोग सयभन्दा बढी किसिमका हुने गर्छन् ।

बाथरोगका बारेमा पर्याप्त जानकारी नहुँदा धेरै मानिसले समयमा उपचारसमेत पाउन नसकेका छैनन् ।

ओस्टियो अर्थाइटिसः बुढ्यौली, चोटपटक वा संक्रमणका कारण जोर्नी खिइने प्रक्रियालाई ओस्टियो अर्थाइटिस भनिन्छ । यो बाथ हुनेहरुमध्ये सबैभन्दा बढी देखिने बाथरोग हो । यसबाहेक जोर्नीसम्बन्धी विभिन्न रोगका कारण पनि जोर्नी खिइने हुन सक्ने चिकित्सक बताउँछन् । जोर्नी खिइने समस्या अन्तिम चरणमा पुगिसकेको अवस्थामा जोर्नी फेरेर उपचार गर्नुपर्छ ।

बाथ गठिया रोगः बाथ गठिया रोग दुई प्रकारका हुन्छन्,सिरो पोजेटिभ र सिरो नेगेटिभ इस्पोन्डलो अर्थाइटिस । रोगसँग लड्ने क्षमताले नै यस्तो बाथरोग निम्त्याउँछ । रगतमा बाथ रोगको लक्षण देखिन्छ । अर्थात प्रतिरोधी क्षमताले जोर्नीलाई नै खाने काम गर्छ । बाथरोगमध्ये सबैभन्दा घातक रोग यही हो । यसले छोटो समयमा नै जोर्नीहरुमा असर पुर्याएर अंगमा विकार ल्याउने चिकित्सक बताउँछन् ।

युरिक एसिडः शरीरमा हुने विकार वस्तु हो,युरिक एसिड । यसलाई कलेजोले उत्पादन गरेर मिर्गौलाको माध्यमबाट बाहिर फालिन्छ । कतिपय अवस्थामा युरिक एसिड बढी उत्पादन हुन्छ । जसले गर्दा रगतमा जम्मा भएर जोर्नीमा गएर बस्छ । यसले गर्दा जोर्नी दुख्ने वा सुन्निने हुन्छ । खासगरी खानपानमा ध्यान दिन नसक्दा युरिक एसिड बढ्छ । युरिक एसिड बढ्न नदिन रातो मासु,जाँड रक्सी,कोल्ड ड्रिक्स,जंकफुड आदि खानेकुराबाट टाढा रहनुपर्छ । प्रशस्त पानी,कागती पानी,अमिलो फलफुल,जेरी जस्ता खानेकुराले युरिक एसिडको मात्रालाई घटाउन सकिन्छ ।

लक्षणः यो रोगबाट ग्रसित हुनेहरु उठ्ने बस्ने ओरालो हिँडडुल गर्न निकै सास्ती हुन्छ । ऐयाआत्था भनेर गनगन गरिरहेका परिवारका सदस्यलाई साँच्चै नै तपाईंको खाँचो यसकारण छ कि यस्तो अवस्थाका मानिसहरुको जोर्नी सुन्निने, जोर्नी दुख्ने, जोर्नी चलाउन गाह्रो हुने अथवा सीधा तान्न वा खुम्च्याउन गाह्रो हुने हुन्छ । सामान्यतया जोर्नी धेरै किसिमका हुन्छन् । यसले विशेषगरी जोर्नीको लिगामेन्टमा असर पुर्याउँछ । यसबाहेक बिहानको समयमा जोर्नीहरु बढी दुख्ने,ज्वरो आउने,आलस्य हुने,कमजोर महसुस हुने हुन्छ । यो जुनकुनै उमेर समूहका मानिसमा देखा पर्न सक्छ ।

कारणः बाथरोग अटोइम्युनी अर्थात शरिर भित्रैबाट हुने रोग हो । तसर्थ यसको विशेष कारण हुँदैन । तर,केही प्रतिशतमा वंशाणुगत गुणका कारणले बाथ हुने गर्छ । अत्यधिक धुम्रपान र मध्यपान पनि बाथरोगका कारण हुन् । सामान्यतया बाथरोग सरुवा रोग होइन । तर,कुष्टरोग भाइरल डिजिज,लाइट डिजिजजस्ता सरुवारोगका कारण पनि थोरै प्रतिशतमा बाथरोग हुन सक्छ ।

उपचारः रोग लागीसकेपछि औषधी उपचार गर्नुको विकल्प रहँदैन । त्यसैले औषधिको माध्यमबाट बाथरोग सजिलै नियन्त्रण गर्न सकिन्छ । बाथरोगको सुरुवाती चरणमा उपचार गराउन सके जीवनयापन सहज बनाउन सकिन्छ । बिरामीको अवस्था हेरेर औषधि प्रयोग गर्ने, बायोलोजिकल एजेन्टस्बाट उपचार गर्ने, बाथरोगको अर्को उपचार पद्धति फिजियोथेरापी गर्नुपर्छ ।

यसले जोर्नी वरपरको लिगामेन्ट र मासंपेशीलाई बलियो बनाउने काम गर्छ । जसले गर्दा जोर्नीको दुखाइ विस्तारै कम हुँदै जान्छ । यसबाहेक दहीमा हुने फोस्फोरस र क्याल्सियमले दाँत र हाड बलियो बनाउन मद्दत गर्छ । बाथरोगबाट बच्न पनि दहीको सेवन गर्नुपर्छ । बेलैमा उपचार गर्नुपर्छ । चिकित्सकको सल्लाहअनुसार मुख बार्नुपर्छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : ५३ बजे

औषधि आपूर्तिमा अनियमितता गरेको आरोपमा आठ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजामती कर्मचारी अस्पतालको फार्मेसी

आज राति इरानमाथि ठूला आक्रमण गर्ने ट्रम्पको चेतावनी

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध थप सैन्य कारबाहीको

सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा आरती रावल पक्राउ

काठमाडौं – निलम्बित न्यायाधीश भुवन गिरीकी पत्नी आरती रावल पक्राउ

ध्रुवे हात्ती नियन्त्रणका लागि चौबीसै घण्टा अनुगमन, मृतक परिवारलाई राहत

काठमाडौं – चितवन राष्ट्रिय निकुञ्जबाट गाउँ पसेको ध्रुवे हात्तीलाई नियन्त्रणमा

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णय

काठमाडाैं – सरकारले काठमाडाैं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज