अदुवा र महको मिश्रण यति गुणकारी « Khabarhub

अदुवा र महको मिश्रण यति गुणकारी


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कतिपय अवस्थामा सामान्य स्वास्थ्य समस्या रहँदा पनि हामी अस्पताल धाउने गर्दछौ । तर घरभित्रै पाइने केही चिजको सहि प्रयोग गरेमा हामीले धेरै स्वास्थ्य समस्यामा लाभ पाउन सकिन्छ ।

यस्तोमा मह र अदुवाको मिश्रण वा जुस बनाएर पिउँदा धेरै प्रकारको स्वास्थ्य समस्यामा चमत्कारीक लाभ पाउन सकिन्छ ।

१. वाकवाकी
वाकवाक लाग्ने समस्यामा अदुवा र महको मिश्रण प्रयोग गरे तुरुन्त आराम मिल्नेछ ।

२. श्वासप्रश्वासको समस्या
यस मिश्रणले रुघा, खोकी र श्वासप्रश्वाससँग जोडिएका धेरै समस्याहरुको समाधान गर्दछ ।

३. माइग्रेन
यो मिश्रणले टाउको दुखाई र माइग्रेनको समस्या कम गर्नुको साथै पिडा कम गर्दछ ।

४. दम
दमको समस्या भएकाहरुले अदुवा र महका साथमा मरिच हालेर सेवन गरेमा राहत मिल्दछ । यसमा हुने एन्टी इन्फ्लामेट्री गुणले फोक्सोमा अक्सिजनको आपूर्तिलाई बढाइ दिन्छ ।

५. महिनावारी
मह र अदुवाको मिश्रणले महिलालाई महिनावारीका क्रममा हुने पीडाबाट मुक्ति दिलाउँछ ।

६. पाचन प्रणाली
अदुवा र महको मिश्रणले पाचन शक्ति बढाउनुका साथै पेट सम्वन्धि समस्या ठीक पार्दछ ।

७. क्यान्सर
यो मिश्रणले एन्टी अक्सिडेन्ट इन्जाइमलाई प्रेरित गर्ने भएकाले क्यान्सर सेल्स बन्नबाट रोक्छ । अर्थात अदुवा र महको मिश्रणले क्यान्सर रोगबाट बच्न मद्दत गर्दछ ।

८. हृदयरोग
यो मिश्रणले ब्लडप्रेसर, हर्ट अट्याक, स्ट्रोक जस्ता समस्याहरु बचाउने गर्दछ ।

९. प्रतिरोधक क्षमता
अदुवा र महको मिश्रणले शरीरको प्रतिरोधक क्षमतालाई बढाउँछ ।

१०. स्ट्रोक
यो मिश्रणको सेवनले रगतलाई जम्न दिँदैन । यसले गर्दा मस्तिष्कघातको सम्भावना कम हुन्छ ।

मह र अदुवा छुट्टाछुट्टै सेवन गरे पनि यो लाभकारी हुन्छ । अझ यी दुवैलाई मिसाएर सेवन गरेमा यसको लाभ दुइगुणा हुन्छ । यसका लागी एक चम्चा अदुवाको रस र एक चम्चा महलाई राम्रोसँग घोलेर पिउनु पर्दछ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ७ : ०४ बजे

प्रदीपलाई हिट फिल्मको खाँचो, ‘एक्लो’ले फ्लपको ह्याट्रिक पुर्‍याउने डर !

काठमाडौं – पछिल्लो समय नेपाली फिल्मलाई दर्शक पाउन सकस परेको

देश, जनता र संविधान बचाउन वामपन्थी समाजवादी एकता  : संयोजक दाहाल

किमाथाङ्का– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश, जनता

कांग्रेस महाधिवेशन अब वैशाख २८ देखि ३१ सम्म, यस्तो छ कार्यतालिका

काठमाडौं- नेपाली कांग्रेसको पन्ध्रौँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म

सरकारका प्रवक्ता भन्छन् : ऊर्जामन्त्री रास्वपामा प्रवेश गरेको सरकारलाई थाहा छैन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले ऊर्जामन्त्री कुलमान घिसिङ

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक छ : मुख्यमन्त्री कँडेल

काँक्रेविहार– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय