ट्रम्पका शीर्ष सहयोगीले दिए बाइडेनको बधाई « Khabarhub

ट्रम्पका शीर्ष सहयोगीले दिए बाइडेनको बधाई


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष सहयोग तथा रिपब्लिकन पार्टीका शीर्ष नेताले झण्डै डेढ महिनाको मौनता तोडी राष्ट्रपतिमा जो बाइडेनको जितलाई स्वीकार गरेका छन् ।

माथिल्लो सजन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई ‘प्रेसिडेन्ट–इलेक्ट’ अर्थात निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गरेका हुन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार बाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका हुन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए ।

सिनेट मेजोरिटी लिडर मिचसहित अधिकांश रिपब्लिकन नेताहरु ट्रम्पको सो आरोपको पछि लागेका थिए । तर बाइडेनको जितलाई इलेक्टोरल कलेजका सदस्यहरुले प्रमाणिकरण गरेसँगै शीर्ष रिपब्लिकन नेताहरुले मौनता तोड्न थालेका हुन् । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएर जित हाँसिल गरेका हुन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

इलेक्टोरल कलेजले बाइडेनका जितलाई औपचारिकता प्रदान गरेपछि सिनेट लिडर मिचले सम्बोधन गरेका हुन् । हाल रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडेनको कार्यकालका लागि निकै महत्वपूर्ण रहनेछ । आउँदो जनवरी ५ मा जर्जियामा दुई सिनेट सिटका लागि हुने रनअफ चुनावले माथिल्लो सदन सिनेटको शक्ति सन्तुलन निर्धारित गर्छ ।

सिनेट लिडर मिचले बाइडेनसँग सहकार्य गरेर काम गर्नका लागि तयार रहेको पनि बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘सम्बन्ध विच्छेद’ गरेर बाइडेनलाई बधाई दिएका तथा सहकार्यका लागि तयार रहेको बताएका हुन् । ट्रम्प भने अझै पनि हार स्वीकार गर्न तयार भएका छैनन् ।

यस्तै बाइडेनको जितलाई स्वीकार नगरेका तीन देशका नेताले पनि इलेक्टोरल कलेजले जित निश्चित गरेपछि मौनता तोडेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मंगलबार बाइडेनलाई बधाई दिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले रनअफ चुनावका लागि दुई डेमोक्र्याटिक उम्मेदवार जो ओसफ र राफायल वार्नकका लागि चुनावी अभियानमा सामेल हुन जर्जियाको एट्लान्टा पुगेका छन् । उनले दुवै डेमोक्र्याटिक उम्मेदवारलाई जिताउन जर्जियाका मतदातासँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ५० बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर