ट्रम्पका शीर्ष सहयोगीले दिए बाइडेनको बधाई « Khabarhub

ट्रम्पका शीर्ष सहयोगीले दिए बाइडेनको बधाई


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका शीर्ष सहयोग तथा रिपब्लिकन पार्टीका शीर्ष नेताले झण्डै डेढ महिनाको मौनता तोडी राष्ट्रपतिमा जो बाइडेनको जितलाई स्वीकार गरेका छन् ।

माथिल्लो सजन सिनेटका मेजोरिटी लिडर रिपब्लिकन सिनेटर मिच म्याकोनलले पहिलोपटक जो बाइडेनलाई ‘प्रेसिडेन्ट–इलेक्ट’ अर्थात निर्वाचित राष्ट्रपति भनेर सम्बोधन गरेका हुन् ।

गएको नोभेम्बर ३ मा भएको चुनावमा डेमोक्र्याटिक उम्मेदवार बाइडेनले राष्ट्रपति ट्रम्पलाई पराजित गरेका हुन् । तर ट्रम्पले भने बिना कुनै ठोस प्रमाण चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको आरोप लगाउँदै आएका थिए ।

सिनेट मेजोरिटी लिडर मिचसहित अधिकांश रिपब्लिकन नेताहरु ट्रम्पको सो आरोपको पछि लागेका थिए । तर बाइडेनको जितलाई इलेक्टोरल कलेजका सदस्यहरुले प्रमाणिकरण गरेसँगै शीर्ष रिपब्लिकन नेताहरुले मौनता तोड्न थालेका हुन् । बाइडेनले ३०६ इलेक्टोरल कलेज मत पाएर जित हाँसिल गरेका हुन् । ट्रम्पले २३२ इलेक्टोरल कलेज मत पाएका छन् ।

इलेक्टोरल कलेजले बाइडेनका जितलाई औपचारिकता प्रदान गरेपछि सिनेट लिडर मिचले सम्बोधन गरेका हुन् । हाल रिपब्लिकनको नियन्त्रणमा रहेको सिनेटसँगको सम्बन्ध बाइडेनको कार्यकालका लागि निकै महत्वपूर्ण रहनेछ । आउँदो जनवरी ५ मा जर्जियामा दुई सिनेट सिटका लागि हुने रनअफ चुनावले माथिल्लो सदन सिनेटको शक्ति सन्तुलन निर्धारित गर्छ ।

सिनेट लिडर मिचले बाइडेनसँग सहकार्य गरेर काम गर्नका लागि तयार रहेको पनि बताएका छन् । उनले राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको ‘सम्बन्ध विच्छेद’ गरेर बाइडेनलाई बधाई दिएका तथा सहकार्यका लागि तयार रहेको बताएका हुन् । ट्रम्प भने अझै पनि हार स्वीकार गर्न तयार भएका छैनन् ।

यस्तै बाइडेनको जितलाई स्वीकार नगरेका तीन देशका नेताले पनि इलेक्टोरल कलेजले जित निश्चित गरेपछि मौनता तोडेका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारो तथा मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुएल लोपेज ओब्राडोरले मंगलबार बाइडेनलाई बधाई दिएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भएका बाइडेनले रनअफ चुनावका लागि दुई डेमोक्र्याटिक उम्मेदवार जो ओसफ र राफायल वार्नकका लागि चुनावी अभियानमा सामेल हुन जर्जियाको एट्लान्टा पुगेका छन् । उनले दुवै डेमोक्र्याटिक उम्मेदवारलाई जिताउन जर्जियाका मतदातासँग अपिल गरेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १० : ५० बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन