दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ « Khabarhub

दुई किलो ७०० ग्राम अफिमसहित एक पक्राउ


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली- कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले दुई किलो ७०० ग्राम लागुऔषध अफिमसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सानीभेरी नगरपालिका–३ गरेला रुकुम पश्चिमका ५३ वर्षीय गोरख कुसारी रहेका छन् ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक नारायण शर्माको नेतृत्वको टोली, लागुऔषध ब्यूरो सुर्खेत, जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिम प्रहरी चौकी सिम्लीको संयुक्त टोलीले उनलाई मङ्गलबार पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सहप्रवक्ता एवं प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए ।

‘विशेष सूचनाका आधारमा त्यहाँ पुगेको टोलीले उनलाई खानतलासी गरेको थियो’, सहप्रवक्ता श्रेष्ठले भने, ‘खानतलासी गर्दा दुई किलो ७०० ग्राम लागुऔषध भेटिएपछि कुसारीलाई नियन्त्रणमा लिइएको छ ।’

नियन्त्रणमा लिइएका कुसारीको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ३० बजे

पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता माघ १४ देखि 

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकामा ‘तेस्रो आमन्त्रित पौवादुङमा गोल्डकप फुटबल प्रतियोगिता

मनिषाले चार र रुविनाले तीन विकेट लिएको खेलमा स्कटल्यान्डले नेपालाई दियो १४१ रनको चुनौती

काठमाडौं – आइसिसी महिला टी–२० विश्वकपको ग्लोबल छनोट अन्तर्गत समूह

क्यान्सरको बिरामीलाई आर्थिक सहयोग

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीमा क्यान्सरबाट थलिएकी एक जना बिरामीको

भैँसीपालनबाट किसानको जीवनस्तर फेरिँदै 

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका थारू समुदाय पछिल्लो समय व्यावसायिक भैँसीपालनतर्फ

‘महको माग बढ्दो छ, बिक्री गर्न बजारको समस्या छैन’

गण्डकी– कास्कीको पोखरा महानगर क्षेत्रमा दुई हजारभन्दा बढी व्यक्ति मौरीपालन