स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट « Khabarhub

स्थायी कमिटी बैठकअघि प्रचण्डसँग शंकर पोखरेलको भेट


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीकानिकट स्थायी कमिटी सदस्य शंकर पोखरेलले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

सरकारले संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि पार्टी विवाद झन् चर्किएका बेला पोखरेल बुधबार बिहानै प्रचण्ड निवास खुमलाटार पुगेका हुन् ।

भेटमा पोखरेलले प्रचण्डलाई पार्टी असहमतिलाई बैठकअघि दुई अध्यक्ष मिलेर सुल्झाउन आग्रह गरेको बताइएको छ ।

जवाफमा प्रचण्डले आफू विवाद मिलाउन लचिलो बनिरहेका बेला ओलीले एकलौटीरूपमा अध्यादेश ल्याएर पार्टी फुटलाई बढवा दिएकाले सामूहिक रूपमा नै छलफल हुने बताएको स्रोतले जनाएको छ ।

अब स्थायी कमिटी र केन्द्रीय कमिटीबाटै यावत विषयको छिनोफानो हुने प्रचण्डले पोखरेललाई सन्देश दिएका छन् ।

पोखरेलसँगको भेटपछि प्रचण्डले आफूनिकट केही नेताहरूलाई पनि खुमलटार बोलाएर भेटेको जनाइएको छ ।

 

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  १२ : ४५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको