गोरखाको तान्द्राङ बस दुर्घटना, पाँच जना घाइते « Khabarhub

गोरखाको तान्द्राङ बस दुर्घटना, पाँच जना घाइते


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरखा- भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा आज बिहान बस दुर्घटना हुँदा पाँचजना गम्भीर घाइते भएका छन् ।

काठमाडौँबाट आरुघाटको सोती तर्फ जाँदै गरेको ग १ ख ९४४६ नं को बस सिमलाफेद नजिकै बिहान साढे ४ बजेतिर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखाका प्रमुख मित्रलाल ढकालले जानकारी दिए ।

बस सडकबाट करिब २० मिटर तल खसेको उनको भनाइ छ । दुर्घटनामा धार्चे गाउँपालिका ६ का वर्ष ५० का सुरमान घले, भीमसेन थापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, वर्ष ३० का मनोज पुडासैनी, वर्ष २९ का उज्ज्वल पुडासैनी र धार्चे गाउँपालिका केरौजाकी ३२ वर्षीया कान्छी गुरुङ गम्भीर घाइते भएका छन् ।

घाइते सबैको टाउको र छातीमा चोट लागेको प्रहरीको भनाइ छ । बसमा ३५ जना यात्रु सवार थिए । गम्भीर घाइतेमध्ये तीन जनालाई उपचारका लागि काठमाडौँ पठाइको छ भने दुई जनालाई गोरखा अस्पताल ल्याइएको छ ।

बसका चालक सामान्य घाइते भएको र चालकलाई अहिले इलाका प्रहरी कार्यालय आरुघाटले नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ३० बजे

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने