शाहरुख खानको फिल्म ‘बादशाह’ बन्न लागेको थियो ७ वर्ष « Khabarhub

शाहरुख खानको फिल्म ‘बादशाह’ बन्न लागेको थियो ७ वर्ष


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड किङ शाहरुख खानले नब्बेको दशकमा बाजीगर, दिल तो पागल है, दिलवाले दुल्हिनिया ले जाएंगे, कुछ कुछ होता है जस्ता हिट फिल्म दिए । उनले कमेडीमा पनि उत्कृष्ट भूमिका निभाए ।

उनले अब्बास मस्तानको फिल्म ‘बादशाह’ मा अहम् भूमिका निभाएका थिए । यो फिल्म रिलिज भएपछि खुबै नाम कमायो । फिल्मको चर्चा पनि उत्तिकै भयो ।

यो फिल्म अहिले पनि शाहरुख खानको उत्कृष्ट फिल्ममध्ये एक मानिन्छ ।

सुन्दा रमाइलो लाग्ने कुरा त यो छ कि, यो फिल्म निर्माण सम्पन्न हुन सात वर्ष लागेको थियो ।

यो फिल्म सन् १९९९ को अगस्तमा रिलिज गरिएको थियो । रिलिजका दौरान शाहरुखले भनेका थिए, ‘जतिबेला हामीले यो फिल्म निर्माण थाल्यौं, त्यतिबेला फिल्मको कहानी फरक थियो, यसलाई नबनाउने र फेरि लेख्ने सल्लाह भयो ।’

बीचमा समय पनि त्यस्तै भयो । त्यतिबेला अब्बास मस्तानीलाई पनि अर्को फिल्म बनाउनुपर्ने थियो । र, शाहरुख पनि अर्को फिल्मका लागि समय दिनुपर्ने थियो । त्यसैले फिल्मको छायांकन बीचमै रोकिएको थियो ।

‘त्यसैले पनि यो फिल्म पूरा गर्न लामो समय लाग्यो, फिल्ममा समावेश गीत बादशाह, ओ बादशाह त्यही दिन लेखिएको थियो, जुन दिन बाजीगर रिलिज भएको थियो,’ शाहरुखले भनेका छन् ।

फिल्म निर्माण सम्पन्न हुन लामो समय लागे पनि मेहनत व्यर्थ नगएको शाहरुख बताउँछन् । फिल्मले शाहरूखको करिअरमा पनि फाइदा पुर्‍याएको थियो ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  २ : ५८ बजे

हुथी आक्रमणपछि रियाद विमानस्थल खाली गराइयो

रियाद – यमनका हुथीहरूले शनिबार रियादको अन्तर्राष्ट्रिय विमानस्थलमा क्षेप्यास्त्र प्रहार

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने– नर्वेमा नमेटिने दाग लाग्यो

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

बेगनासको माछा र मौलिक संस्कृति प्रवर्द्धन गर्न ‘फिस फेस्टिभल’

कास्की – पोखरा उपत्यकाको दोस्रो ठूलो बेगनास तालको पहिचानलाई स्थानीय

पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न तेस्रो संस्करणको पर्वतीय दौड प्रतियोगिताको

हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी

नयाँदिल्ली – मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्धको विरोध प्रदर्शनका बीच