हावामै कोरोना भाइरस नष्ट गर्ने प्रविधि, ‘युभी कोरोना बोट’ ले फैलिन दिने छैन संक्रमण « Khabarhub

हावामै कोरोना भाइरस नष्ट गर्ने प्रविधि, ‘युभी कोरोना बोट’ ले फैलिन दिने छैन संक्रमण


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसले मानिसको जनजीवन पूर्ण रुपमा अस्तव्यस्त बनाइदियो ।

कोरोना कालमा मास्क र सेनिटाइजरको अधिक प्रयोग भयो । कोरोनाबाट जोगिन मानिसले भौतिक दूरी कायम राखे । संसारका कैयन् शहर लकडाउन गरिए ।

कोरोना फैलिन सक्ने भन्दै क्रिकेट तथा फूटबल स्टेडियममा पनि दर्शकलाई प्रवेश गर्न दिइएन । कोरोनाको खोप विकास भइसकेपछि अब भने बिस्तारै जनजीवन सामान्य हुँदै गइरहेको छ ।

यता एलजी कम्पनीले यस्तो प्रविधिको विकास गरेको छ, जसले वातावरणको हावालाई नै सफा गरिदिन्छ । र, कोरोनाको संक्रमण फैलिन दिँदैन ।

एलजीले निर्माण गरेको ‘युभी कोरोना बोट’ ले हावामा कोरोना भाइरस नष्ट गर्ने सामर्थ्य राख्छ । यसको मद्दतले स्टेडियम, स्कूल, कलेज तथा धेरै भीड हुने स्थानमा कोरोना फैलिनमा रोक्न सकिन्छ ।

यसमा अल्ट्राभ्वाइलेट किरण हुन्छन् । जसको प्रयोगले सार्वजनिक स्थलमा हावा सफा गर्न सकिने कम्पनीले दाबी गरेको छ ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ४ : १० बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस