अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग « Khabarhub

अध्यादेश फिर्ता लिएर तत्काल संसद अधिवेशन बोलाउन काँग्रेसको माग


१ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले तत्काल संसद् अधिवेशन बोलाउन माग गर्ने निर्णय गरेको छ ।

आज सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी बैठकले तत्काल संसद अधिवेशन बोलाउन सरकारसमक्ष माग गर्ने निर्णय गरेको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

प्रवक्ता शर्माका अनुसार कांग्रेस पदाधिकारी बैठकले सरकारले जारी गरेको अध्यादेश फिर्ता लिन समेत माग गर्ने निर्णय गरेको छ ।

पदाधिकारी बैठकबारे जानकारी दिँदै प्रवक्ता शर्माले भने,‘संसदको अधिवेशन बोलाउन सरकारसमक्ष माग गर्ने निर्णय भयो । त्यसबाहेक सरकारले जारी गरेको अध्यादेश समेत फिर्ता लिन माग गर्ने निर्णय भयो ।’ कांग्रेसले अध्यादेशार्फत कुनै निर्णय भए त्यो मान्य नहुने निर्णय समेत गरेको छ ।

 

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ५ : ०९ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला