फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी « Khabarhub

फेरि भिडियो लाइभमा आइन् आस्था राउत, रुँदै मागिन् माफी


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायिका आस्था राउतले विमानस्थलमा आफू र महिला प्रहरीबीच भएको विवाद बारेको भिडियो सार्वजनिक भएसँगै माफी मागेकी छिन् ।

बुधवार राउतले आफूमाथि महिला प्रहरीले विमानस्थलमा दुर्व्यवहार गरेको भन्दै भिडियो मार्फत घटना बारे जानकारी गराएकी थिइन् । त्यसक्रममा उनले प्रहरीमाथि आपत्तिजनक शब्द प्रयोग गरेको भन्दै आलोचना भएपछि उनले भिडियो हटाएकी थिइन् ।

उनले आफूमाथि विमानस्थलकी महिला प्रहरीले दुर्व्यवहार गरेको र व्यागमा चिया पोखिदन खोजेको र कठालो समातेको भन्दै खबरहबसँगको कुराकानीमा पनि बताएकी थिइन् ।

भिडियोमा पनि महिला प्रहरी र गायिका राउतबीच तनाव भएको चाँहि देख्न सकिन्छ ।

सीसीटीभी फुटेज सार्वजनिक भएसँगै रुँदै भीडियो लाइभमा आएकी राउतले आफूले प्रहरी जवानलाई अपशब्द बोलेको भन्दै त्यसप्रति माफी मागेकी छन् ।

‘लाइभ आउनेबेलामा म अलिकति संम्यमित हुनसक्थें, कम्प्लेन थियो त्यसलाई डिसेन्ट वेमा भन्न सक्थे’ उनले फेसबुक लाइभमा भनेकी छन् ।
तर उनले प्रहरीमाथि प्रयोग भएको शव्द आपत्ती पूर्ण भने नभएको दाबी गरेकी छिन् ।

‘मरेर जाने चोला हो मैले किन झुट बोल्नु पर्यो’ लाइभमा राउतले भनेकि छिन्,‘ डण्डा बोक्नलाई डण्ठे, बन्दुक बोक्नेलाई बन्दुके र गाउनेलाई गाइने भन्दा के भयो त ?’ तर यी शव्दहरुलाई सहजरुपमा वा अन्य रुपमा प्रयोग गरेको भए उपयुक्त हुने उनको भनाइ छ ।

तर आफूप्रति दुर्व्यवहार भएको भने उनले दाबी गरेकी छिन् ।

‘मप्रति दुर्व्यवहार भएकै हो आज नि भन्छु, भोलि नि भन्छु’ आस्थाले भनिन्, ‘मैले घटनालाई के भएको हो सरल भाषामा भन्न सक्थेस डन्ठे, सन्ठे भन्न हुँदैन थियो, सबै प्रहरीलाई सरी भन्न चाहन्छु तपाईंहरूको मनोबल गिरेको भए ।’

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ५ : ५६ बजे

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको

प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन्।

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,