नगरपालिकाले घर भत्काउँदा झडप « Khabarhub

नगरपालिकाले घर भत्काउँदा झडप


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बाह्रबिसे बजारमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा नगरपालिकाले भत्काउँदा झडप भएको छ ।

नगरपालिकाले डोजर प्रयोग गरेर अतिक्रमण गरेर बनाएका बजारका घर टहरा बिहान ८ बजेबाट भत्काउन शुरु गरेको थियो ।

टहरा भत्काउने क्रममा बाह्रबिसेको खुर्सानीबारीमा झडप भएको थियो । यसअघि भत्काउन पटकपटक सार्वजनिक सूचना जारी गर्दा स्थानीयले घर टहरा नहटाएकाले डोजर प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । अहिले नगरपालिकाका प्रमुखसहित जनप्रतिनिधि, कर्मचारी, प्रहरीको उपस्थितिमा घर टहरा भत्काइएको हो ।

बजार कुरूप देखिने र सडक साँघुरो हुँदा दुर्घटना हुनसक्ने सम्भावना भएकाले अतिक्रमण गरेर बनाइएका घर टहरा हटाइएको नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिए ।

सडक फराकिलो बनाउँदा जाम नहुने र दुर्घटना न्यूनीकरणमा सहयोग हुने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक राजेशकुमार दाहालले बताए । बजार क्षेत्र साँघुरो हुँदा जामको समस्या भएको उनको भनाइ थियो ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  ९ : १५ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको