समाजवादी पार्टीको तीन महिने संगठन सुदृढीकरण अभियान शुरु « Khabarhub

समाजवादी पार्टीको तीन महिने संगठन सुदृढीकरण अभियान शुरु


३ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शासकवर्गले आफ्नो वर्चस्व कायम राख्ने गरी ल्याएको संघीयताले शोषित पीडितवर्गको उत्थान सम्भव नरहेको बताएका छन् ।

पार्टीले आजदेखि शुरु गरेको तीनमहिने संगठन विस्तार तथा सुदृढीकरण अभियानको जनकपुरमा शुभारम्भ गर्दै अध्यक्ष यादवले संविधानको संशोधन नभएसम्म मधेशी, आदिवासी, जनजाति, दलित, मुस्लिम र महिलाले स्वतन्त्राको अनुभूति गर्न नसक्ने बताए ।

उनले त्यसका लागि पुनः सङ्घर्षको आवश्यकता रहेकाले पार्टी संगठन विस्तार तथा सुदृढीकरणमा जुटेको बताए ।

अध्यक्ष यादवले भने, “मधेश आन्दोलनले अधिकारसम्पन्न संघीयता, पहिचानमा आधारित राज्य र साधनस्रोतसम्पन्न प्रदेश मागेको थियो तर अहिलेको संघीयताले ती मुद्दाहरुलाई सम्बोधन गर्न सकेको छैन ।”

अबको तीन महिना पार्टीलाई दिन नेता तथा कार्यकर्तालाई निर्देशन दिँदै उनले अभियानमा नजुट्ने नेता तथा कार्यकर्ताहरुको पार्टीले त्यहीअनुरुप मूल्याङ्कन गर्ने भन्दै सचेतसमेत गराए ।

पार्टीका केन्द्रीय उपाध्यक्ष रेणु यादवले मुलुकमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली लागू नभएसम्म समाजवादको परिकल्पना गर्न नसक्ने उल्लेख गरे । उनले पार्टीभित्र रहेको गुट– उपगुटलाई अन्त गर्दै पार्टीको महाअभियान संगठन विस्तार तथा सुदृढीकरणमा जुट्न निर्देशन दिए ।

पार्टीका राष्ट्रिय उपाध्यक्ष एवं प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले पार्टीको सम्पूर्ण संगठनलाई टोलटोलसम्म विस्तार गरेमात्र समुन्नत संघीय समाजवादको परिकल्पनालाई साकार गर्न सकिने उल्लेख गरे ।

संघीयता विरोधीहरु विभिन्न बहानामा संघीयता समाप्त गर्ने षडयन्त्र गरिरहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले नेता कार्यकर्ताहरुलाई सङ्गठित र अनुशासित हुँदै सङ्घर्षको तयारीमा जुट्नुपर्ने बताए ।

मधेश प्रदेश समितिका अध्यक्ष विजयकुमार यादवको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका महासचिव रामसहाय यादवले अभियानको उद्देश्य र प्रक्रियाबारे जानकारी गराए ।

प्रकाशित मिति : ३ माघ २०७६, शुक्रबार  १० : ०१ बजे

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको

च्याम्पियन्स लिग : पीएसजीसँग म्यानचेस्टर सिटी स्तब्ध

काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी फ्रान्सेली क्लब

कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग

स्याङ्जा– स्याङ्जाको वालिङ– १ यवादीमा अवस्थित कृषि विकास श्रोत केन्द्रले

यी भूभागमा मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन

तनहुँ– कालीगण्डकी नदीमा आएको बाढीले पहुँचसडक बगाएको घिरिङ र डेढगाउँ