सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक « Khabarhub

सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बसेको बसेको बैठकले पृतनापति र विभागीय प्रमुखले आ–आफ्नो क्षेत्रको समग्र शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका बारे विस्तृतरूपमा जानकारी प्रस्तुत गर्नेछन् ।

तीन दिने बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन कार्यमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन, भर्ना छनोटमा देखिने अनियमितता छानबिन र कारवाही, आर्थिक अपचलन अनुगमन कार्यले नेपाली सेनामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्ने बताउँदै उहाँले नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु नपर्ने बताए ।

अनावश्यक तथा अनधिकृत चलखेल, भनसुन तथा प्रचारबाजीमा विश्वास नगर्न निर्देशन दिँदै रक्षामन्त्री पोखरेलले भने, ‘सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म राष्ट्रिय सुरक्षा तथा विकास निर्माणमा पुर्‍याएको योगदान प्रशंसनीय छ, नीति योजना र भावी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा मन्त्रालयको साथ र सहयोग रहन्छ ।’

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमान्डरको काम कारवाही पारदर्शी, नैतिक, पदीय दायित्व, जवाफदेही, उत्तरदायी प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुन आवश्यक रहेको बताए ।

बलाधिकृत रथी शरदकुमार गिरीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेनालाई समयसापेक्ष थप सक्षम, व्यावसायिक, स्रोतसाधन सम्पन्न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रूपान्तरण गर्ने परिकल्पनासहित सेनाले दीर्घकालीन सोच अघि बढाइरहेको बताए ।

उक्त बैठकबाट प्राप्त सुझावका आधारमा सेनाले नीति तथा योजना अघि बढाउने जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल