सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक « Khabarhub

सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सेना दिवसको पूर्वसन्ध्यामा पृतनापति समन्वयात्मक बैठक शुरु भएको छ ।

सैनिक मुख्यालय जङ्गी अड्डामा बसेको बसेको बैठकले पृतनापति र विभागीय प्रमुखले आ–आफ्नो क्षेत्रको समग्र शान्तिसुरक्षाको अवस्था र भावी रणनीतिका बारे विस्तृतरूपमा जानकारी प्रस्तुत गर्नेछन् ।

तीन दिने बैठकको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेले शुभारम्भ गर्दै सेनामा आन्तरिकरूपमा भइरहेका भ्रष्टाचार नियन्त्रण तथा छानबिन कार्यमा मन्त्रालयको सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

नागरिकता र शैक्षिक प्रमाणपत्र छानबिन, भर्ना छनोटमा देखिने अनियमितता छानबिन र कारवाही, आर्थिक अपचलन अनुगमन कार्यले नेपाली सेनामा दीर्घकालीन एवं सकारात्मक प्रभाव पार्ने बताउँदै उहाँले नैतिक चरित्र तथा जनताप्रति उत्तरदायी सेना भएको देशले कहिल्यै कसैसँग डराउनु नपर्ने बताए ।

अनावश्यक तथा अनधिकृत चलखेल, भनसुन तथा प्रचारबाजीमा विश्वास नगर्न निर्देशन दिँदै रक्षामन्त्री पोखरेलले भने, ‘सेनाले आफ्नो स्थापनाकालदेखि हालसम्म राष्ट्रिय सुरक्षा तथा विकास निर्माणमा पुर्‍याएको योगदान प्रशंसनीय छ, नीति योजना र भावी कार्यक्रम तर्जुमा र कार्यान्वयनमा मन्त्रालयको साथ र सहयोग रहन्छ ।’

प्रधानसेनापति पूर्णचन्द्र थापाले सबै तहका कमान्डरको काम कारवाही पारदर्शी, नैतिक, पदीय दायित्व, जवाफदेही, उत्तरदायी प्रणाली र पद्धति स्थापित गर्न सहयोगी हुन आवश्यक रहेको बताए ।

बलाधिकृत रथी शरदकुमार गिरीले वार्षिक प्रगति प्रतिवेदन पेश गर्दै सेनालाई समयसापेक्ष थप सक्षम, व्यावसायिक, स्रोतसाधन सम्पन्न, आधुनिक प्रविधियुक्त तथा उच्च मनोबल भएको सेनामा रूपान्तरण गर्ने परिकल्पनासहित सेनाले दीर्घकालीन सोच अघि बढाइरहेको बताए ।

उक्त बैठकबाट प्राप्त सुझावका आधारमा सेनाले नीति तथा योजना अघि बढाउने जानकारी दिएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ५ : ४८ बजे

साउदीमा नेपालीको मृत्यु : सुरक्षा र उद्धारको प्रबन्ध मिलाउन कांग्रेसको माग

काठमाडौं – साउदी अरबको ‘सेवा’ आयल फिल्डमा भएको ड्रोन आक्रमणका

एनपिएल : म्याथ्युज विराटनगर र शेड्ली लुम्बिनीमा आबद्ध

काठमाडौं – श्रीलङ्काका क्रिकेटर एन्जेलो म्याथ्युजले तेस्रो संस्करणको नेपाल प्रिमियर

हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान

काठमाडौं – जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर