आवाजबाटै नियन्त्रण गर्न सकिने पंखा बजारमा « Khabarhub

आवाजबाटै नियन्त्रण गर्न सकिने पंखा बजारमा


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आवाजबाटै नियन्त्रण गर्न सकिने सिलिङ फ्यान अर्थात पंखा बजारमा आएको छ ।

लग्जरी पंखा बनाउने भारतीय कम्पनी ‘लग्जेइर’ (Luxaire) ले आफ्नो पहिलो आईओटी कनेक्सन भएको स्मार्ट फ्यान सार्वजनिक गरेको हो ।
कम्पनीले यस स्मार्ट फ्यानको नाम नाम लग्ज ५१३० राखेको छ ।

यसको मुल्य मात्रै २ लाख रुपैयाँ माथी रहेको छ । यसको मूल्यबाट नै थाहा हुन्छ की यो विशेष किसिमको र परम्परागत सिलिंग फ्यान भन्दा फरक छ ।यस पंखामा १० वर्षको मोटर वारेन्टी रहेको छ । जुन इन्डस्ट्रीमा सबैभन्दा धेरै लामो अवधिको वारेन्टी रहेको कम्पनीको दाबी छ ।

लग्ज ५१३० पंखा उडन ब्लेड डिजाइन, ग्लास र प्रीमियम फिनिशयुक्त छ भने यस पंखामा ४ वटा ब्लेड जडान गरिएको छ । यो ह्वाइट मोटरसँगै म्याट ह्वाइट ब्लेड तथा ब्ल्याक मोटर र वालनट कलर ब्लेडमा उपलब्ध रहेको छ ।

यस पंखालाई प्रयोगकर्ताले विज्ज (WiZ) सिस्टमबाट कन्ट्रोल गर्न सक्दछन । अर्थात प्रयोगकर्ताले यसलाई बोलेर कन्ट्रोल गर्न सक्दछन् । यस स्मार्ट पंखाले एलेक्सा, गूगल असिस्टेन्ट र सीरीलाई सर्पोट गर्दछ ।

कम्पनीका अनुसार प्रयोगकर्ताले यसलाई आफ्नो रिमोटबाट टिभी कन्ट्रोल गरेझै कन्ट्रोल गर्न सक्दछन् । पंखामा रहेको मोटरपछाडी एलइडी लाइट रहेको छ । जुन २० वाटको वार्म ह्वाइट ३०० के एलइडी लाइटसँगै आउँदछ ।

यो पंखाले अरु फ्यानको तुलनामा ७० प्रतिशत विद्युत बचाउने कम्पनीको दाबी छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ९ : १० बजे

मैले आमाको तस्बिरमा हेरेर भने- आमा, बालेनले देश बनाउँछ : रवि

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले आफ्नो स्वर्गीय

मीन विश्वकर्मा प्रतिनिधिसभा निर्वाचन नउठ्ने, भने-अब युवा पुस्ता आउनु पर्छ

काठमाडौं–  नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका नेता मीन विश्वकर्माले आसन्न

पोखराबाट पक्राउ परे दुर्गा प्रसाईं

काठमाडौं- मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता तथा धर्म सँस्कृति बचाउ

चीनको शेनझोउ–२० अन्तरिक्ष यान सुरक्षित पृथ्वीमा फर्कियो

एजेन्सी – चीनको शेनझोउ–२० अन्तरिक्ष यान सोमबार बिहान उत्तर चीनको

नेताहरुमा पदका लागि पदबाटै गियर चेन्ज गर्ने होड

काठमाडौं- चुनाव आउन ४५ दिन बाँकी रहँदा जनप्रतिनिधि, मन्त्री तथा