कांग्रेस नेताले मापसे गरी चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते « Khabarhub

कांग्रेस नेताले मापसे गरी चलाएको कारले ठक्कर दिँदा पैदल यात्रु गम्भीर घाइते


५ फाल्गुन २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही– नेपाली कांग्रेसका नेता एवम् पूर्व सांसद गेहेन्द्र गिरीले मादक पदार्थ सेवन गरी चलाएको कारले ठक्कर दिँदा एकजना पैदल यात्रु गम्भीर घाइते भएका छन् ।

दाङको लमही नगरपालिकास्थित उचानिम्बु भन्ने स्थानमा गिरीले चलाउँदै गरेको बा २० च २२३९ नम्बरको कारले आइतबार साँझ पैदल यात्रुलाई ठक्कर दिएको हो ।

इलाका प्रहरी कार्यालय अमिलियाका अनुसार गिरीको कारले ठक्कर दिएर गम्भीर घाइते हुने पैद यात्रुमा कैलालीको धनगढी घर भइ दाङको लमही क्षेत्रमा बस्दै आएका ३५ वर्षीय रकमबहादुर विक छन् ।

घाइते विकको टाउको र घुँडामा चोट लागेको छ । लमही अस्पतालमा प्रारम्भिक उपचार पछि विकलाई थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले ठक्कर दिने कार र कारका चालक पूर्व सांसद गिरीलाई नियन्त्रणमा लिएको छ । स्वास्थ्य परीक्षणका क्रममा पूर्व सांसद गिरीले मदिरा सेवन गरेको भेटिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७६, सोमबार  ११ : ०३ बजे

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७

रास्वपाले सबै जिल्लामा खटायो केन्द्रीय सदस्य र सांसद, को कहाँ ? (सूचीसहित)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) देशका ७७ वटै जिल्लामा

सशस्त्रका एआईजी दाहाल निलम्बित

काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) वंशीराज

किरणकिशोर घिमिरेद्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौं । नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यमा नेता किरणकिशोर घिमिरेले